कोरोनाको जोखिमका कारण प्रशासन अछामले क्षेत्रगत पालिका अनुसार सेवा प्रवाह गर्दै

Kirci Gyan Kendra

कोरोनाभाईरसको जोखिमका कारण जिल्ला प्रशासन कार्यालय अछामले क्षेत्रगत तह अनुसार पालिकाका नागरिकलाई सेवा प्रवाह गर्ने भएको छ । कार्यालयमा सेवा ग्राहीको भिडभाड अत्याधिक हुने भएकोले क्षेत्रगत स्थानीय तह अनुसार माघ ११ गतेबाट क्षेत्रगत तह अनुसार सेवा प्रवाह सुरु गरिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।

Samajik New Add 2082
Saud Agro Kailash

जस अनुसार क्षेत्र नम्बर १ अन्तर्गत साँफेबगर नगरपालिका, चौरपाटी गाउँपालिका, मेल्लेख गाउपालिका, बान्नीगढ़ी जयगढ गाउँपालिका र रामारोशन गाउपालिकाका नागरिकलाई आइतबार, मंगलबार र बिहिवार सेवा प्रवाह गरिने अछामका प्रमुख जिल्ला अधिकारी बिश्वराज मरासेनीले बताउनु भयो ।

त्यसैगरि क्षेत्र नम्बर २ अन्तर्गत मंगलसेन नगरपालिका, कमलबजार नगरपालिका, पञ्चदेवल विनायक नगरपालिका, ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकाका नागरिकलाई सोमबार, बुधवार र शुक्रबार सेवा प्रवाह गरिने प्रजिअ मरासेनीले बताउनु भयो ।

साथै कोभिड १९ को नयाँ भेरियन्ट (ओमिक्रोन) सहितको संक्रमण जोखिम यथावत रहेकोले सामाजिक दुरी कायम गर्ने, मास्क अनिवार्य प्रयोग गर्ने, खोप कार्ड अनिवार्य साथमा बोक्ने वा मोबाइलमा कार्डको फोटो राख्ने, सेनिटाइजरको प्रयोग गर्ने लगायतका जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड अनिवार्य रुपमा पालना गर्ने गरी सेवा लिन आउन समेत उहाँले आग्रह गर्नु भयो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.