कोभिड खोप लगाए नलाएको गाउँ गाउँमा खोजी हुन्छः स्वास्थ्य कार्यालय प्रमुख ढुगाना

Kirci Gyan Kendra

अछाममा एक बर्षको अवधीमा करिब ५२ प्रतिशत नागरिकले कोभिड विरुद्धको खोप लगाएका छन । १८ बर्ष माथिको उमेर समुहको १ लाख ९१ हजार जनसंख्यालाई खोप लगाउने लक्ष्य लिए पनी १ लाखको हाराहारीमा कोभिड विरुद्धको खोप लगाएका बताईएको छ ।

Samajik New Add 2082

एक बर्षमा हालसम्म २ लाख ४१ हजार डोज जिल्ला भित्रिएको बताउदै लक्ष्य अनुसार खोप अभियान पुरा गर्नका लागी जिल्लाका १० वटै पालिकामा कार्ययोजना सहीत अघी बढेको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुगानाले बताउनु भयो । यस अवधीमा १२ देखी १७ बर्ष उमेरका २३ हजार बालबालिकालाई पहीलो डोज यस अघी लगाएको र अब १ हप्ता भित्र दोस्रो डोज समेत दिईने ढुगानाले बताउनु भयो ।

Saud Agro Kailash

अछाममा लक्ष्य अनुसार खोप मात्रा पुरा नहुनुमा कतिपय नागरिक रोजगारिको शिलशिलामा भारत, तेस्रो मुलुक अन्य जिल्लामा भएकाले पनी लक्ष्य पुरा नभएको बताउनु भयो । जिल्लाको तथ्याक अुनसार ६० देखी ७० प्रतिशत भित्रमा अछामको लक्ष्य भएकाले त्यसका लागी शुक्ष्म योजना सहीत अघि बढने ढुगानाले बताउनु भयो ।

१० वटै पालिकामा जनप्रतिनीधी, कर्मचारी, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका बिचमा अन्तरक्र्रिया गरेर कोभिडको खोप लगाए नलाएको खोज पणताल अभियान समेत गाउँगाउँमा सुरु भईसकेको उहाँले जानकारी दिनु भयो ।

हरेक छुटेका नागरिकलाई खोप लगाउने अभियानका साथ अघि बढेकाले हरेक नागरिकलाई कोभिडको खोप लगाउन समेत उहाँले आग्रह गर्नु भयो । कोभिड १९ नियन्त्रण गर्न खोप नै उत्तम भएकाले अबको लक्ष्य नै कोभिड पुर्ण खोप घोषणा अभियान सुरु हुने बताउनु भयो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.