साँफेबगर नगरपालिकाद्धारा कैदी बन्दीलाई सामग्री हस्तान्तरण

अछाम कारागारका कैदी बन्दीलाई साँफेबगर नगरपालिकाले विभिन्न सामग्री हस्तान्तरण गरेको छ । नगरपालिकाले २ लाख १५ हजार बराबरको सामाग्री एक कार्यक्रमको आयोजना एरि कैदी बन्दीलाई सामग्री हस्तान्तरण गरिएको हो ।

Samajik New Add 2082

साँफेबगर नगरपालिकाका नगर प्रमुख कुलबहादुर कुँवरले आफै कारागार पुगेर कारगारका निमित्त प्रमुख धनबहादुर शाहीलाई कैदी बन्दीको लागि सामग्री हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रम नगर प्रमुख कुँवरले कैदीबन्दिका मागलाई नगरपालिकाले सम्बोधन गर्ने प्रतिवदता व्यक्त गर्नु भएको थियो।

नगरबाट प्रदान गरिएको सामग्रीले कैदी बन्दीहरुलाई सहज हुने धारणा व्यक्त गर्दै सहि रुपमा प्रयोग गर्न समेत आग्रह गर्नु भयो । कारगारका निमित्त प्रमुख धनबहादुर शाहीले कैदीबन्दीहरुका लागि सामग्री प्रदान गरेकोमा साँफेबगर नगरपालिकालाई धन्यवाद दिनुभयो ।

आगामी दिनमा समेत सहयोगको अपेक्षा गरेको बताउनु भयो । कारागारका कैदीबन्दीहरुको लागि ३ थान सोलारपावर, २ थान व्याट्री, ३ सेट टिभि, ४ थान फोकसलाईट, १÷१ सेट भलिवल र नेट, १ हजार लिटरको पानी ट्यांकि, र ५ थान डस्बिन सहयोग गरिएको साँफेबगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मि प्रसाद शर्माले जानकारी दिनुभयो ।

एक महिना अघि सुदुरपश्चिम् प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशी कारगारमा कैदीवन्दिको लागि सिपमुलक तालिमको उद्घाटन गर्न आउने क्रममा कैदी बन्दिहरुले उक्त सामग्रीको माग गरेका थियो ।

Leave A Reply

Your email address will not be published.