लयाटिमा कमसल मदिरा र अखाद्य सामाग्री बरामद गरि नष्ट

पंचदेवल विनायक नगरपालिकाको टोलिले बजार अनुगमन गरेको छ । नगरको वडा नम्बर ५ लयाटिमा अनुगमनको क्रममा भेटिएका कमसल र घरेलु मदिरा, म्याद गुज्रिएका उपभोग्य वस्तु र सुर्तीजन्य पदार्थ बरामद गरी नष्ट गरिएको छ भने व्यवसायीलाई कारबाही गरिएको छ ।

Samajik New Add 2082

पटक पटक अनुगमन गर्दा पनि घरेलु तथा कमसल मदिरा स्थानिय बजारमा भेटिने गरेको प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर माझीले बताउनु भयो । कारवाहीले समेत बिक्रेता र उपभोक्ता सचेत नहुने र बिक्रेतालाई आफ्नो न्युनतम व्यावसायिक धर्म र कर्तव्य निर्वाह गर्न आग्रह समेत गर्नु भयो ।

यसअघि पनि नगरको तर्फबाट नियमित अनुगमन भईरहेको र आगामी दिनमा समेत निरन्तर अनुगमन जारी रहने उहाँले जानकारी दिनु भयो ।

Leave A Reply

Your email address will not be published.