रुपान्तरण कक्षाका अभिभावकलाई सकारात्मक अभिभावकत्व कक्षा

Kirci Gyan Kendra

लालबहादुर चदाराः

Samajik New Add 2082

रुपान्तरण कक्षाका अभिभावकहरुलाइ सकारात्मक अभिभावकत्व सम्बन्धि साप्ताहिक कक्षा सुरु भएको छ । वर्ल्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोग र आस्था नेपालको आयोजनामा कक्षा सञ्चालन गरिएको हो ।

Saud Agro Kailash

आस्था नेपाल र वर्ल्ड भिजनको साझेदारिमा सञ्चालित बाल स्पोनसरसीप तथा बाल संरक्षण परियोजना अन्तर्गत प्रत्येक शनिबार सञ्चालन हुने रुपान्तरण कक्षाका अभिभावकहरूलाई सकारात्मक अभिभावकत्वका सीपहरु बारे जानकारी गराईएको छ । बालबालिकाको पालन पोषण र शिक्षा दिक्षामा आफू कसरी प्रभावकारी हुने र अभिप्रेरणा सहित क्षमता अभिबृद्दी के कसरी गर्ने भन्ने उद्देश्यले कक्षा सञ्चालन भएको जनाईएको छ ।

पूर्बी अछामको पञ्चदेवल बिनायक नगरपालिकाका ६ वडा र कमलबजार नगरपालिकाका ४ वडा गरि जम्मा १० वडा तथा पश्चिम अछामको मेल्लेख गाँउपालिकाका आठ वटै वडा र साँफेबगर नगरपालिकाको ४ नम्बर वडामा गरि जिल्लाका १९ वटा वडामा कक्षा सञ्चालन गरिएको छ ।

सकारात्मक अभिभावकत्व सम्बन्धिका कक्षाहरुमा विशेश गरि परिवारको उद्देश्य र मुल्यमान्यता, असल परिवारको परिकल्पना, बालबालिकाको स्वभाव र ब्याक्तित्व पहिचान, अभिभावकत्वका शैलिहरु, छोराछोरी प्रती गरिने व्यबहार, बालबालिका हुर्काउने तरिकाबारे कक्षा दिईने गरेको छ ।

यस्तै बाल अधिकारबारे अवधारणागत स्पष्टता, बाल संरक्षणका सवालहरु, बालबालिकाका समस्यामुलक स्वभावको पहिचान र समाधान, सकारात्मक अनुशासन बिधि र तनाव ब्यबस्थापन, बालबालिका संगको संचार सम्बन्ध र लैगिक सामाजिकरण लगायतका बिषयमा अभिभावकलाई सकारात्मक सिकाई र अभिप्रेरित गर्ने गरिएको आस्था नेपालका जिल्ला प्रबन्धक रुपक चन्दले जानकारी दिनुभयो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.