मंगलसेन नगरपालिकामा बालविकासका सहजकर्ताका लागि पुर्नताजगी तालिम
बालबिकासमा आउने बालबालिकाको अभिभावकत्व सहजकर्ताले गर्नुपर्छः उपप्रमुख उपाध्याय

मंगलसेन नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा प्रारम्भिक बालविकास केन्द्रका सहजकर्ताका लागि दोस्रो चरण अन्र्तगत २ दिने पुर्नताजगी तालिम सुरु भएको छ । पहीलो चरणमा वडा नम्बर १ देखी ७ सम्म र दोस्रो चरणमा वडा नम्बर ८ देखी १४ सम्मका सहकजर्ताका लागी २ दिने पुर्नताजगी तालिम सुरु भएको हो ।

तालिमको उदघाटन गर्दै मंगलसेन नगरपालिका उपप्रमुख सरिता उपाध्यायले बालबिकास केन्द्रमा आउने हरेक बालबालिकाको अभिभावकत्व केन्द्रका सहजकर्ताले गर्नुपर्ने बताउनु भएको छ । बालबिकास केन्द्र पहिलो पाठशाला भएकाले बालबिकासमा लगानीका लागू आफू जहिले पनि प्रतिबद्ध रहेको बताउनु भयो ।
प्रमुख अतिथी उपाध्यायले हरेक सहजकर्ताले अभिभावकसँग सम्बन्ध राम्रो बनाउदै घरदैलोमा सकारात्मक सन्देश दिन सके बालबिकास केन्द्रमा बालबालिका हौसिएर आफै आउने बताउनु भयो । सानो कक्षा देखि लगानि गर्नसके बालबालिकाको भबिष्य उज्ज्वल हुने भएकाले अभिभावक समेत जिम्मेवार बन्न आग्रह गर्नु भयो ।
शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख जगत बहादुर रावलको अध्यक्षतामा भएको कार्यक्रम उहाँले बालबिकासका सहजकर्ताका समस्या समाधानका लागि जहिले पनि लागि परेको बताउदै केन्द्रका सहजकर्ताका लागि आगामी दिनमा लगानी बढाउदै जाने बताउनु भयो ।


कार्यक्रमका अध्यक्ष शिक्षा शाखा प्रमुख जगत बहादुर रावलले सहजकर्ताको योगदानले बालबालिका भबिष्यको कर्णधार हुने भएकाले सबैले गुणस्तरमा ध्यान दिनुपर्ने बताउनु भयो । दोस्रो चरणमा वडा नम्बर ८ देखि १४ नम्बर सम्मका ३० जना सहजकर्ताको सहभागीता रहेको छ ।
शिक्षा युवा तथा खेलकुद शाखा प्राबिधिक सहायक दिपेन्द्र बिष्टले स्वागत मन्तव्य तथा कार्यक्रमको उदेश्य माथि प्रकाश पार्नु भएको कार्यक्रमको संचालन प्राविधिक सहायक दिपक भण्डारीले गर्नु भएको थियो ।
तालिमको सहजिकरण शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख जगत बहादुर रावल र सेतो गुराँस बाल केन्द्र अछामका कार्यक्रम संयोजक मिना ढुंगानाले गरिरहनु भएको छ ।


