वाक नेपालद्वारा ३ स्वास्थ्य संस्थालाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण
अछामका ३ वटा स्वास्थ्य संस्थालाई कोभिडबाट संक्रमित ब्यक्तिहरुको स्वास्थ्य उपचारमा सहयोग पुग्ने उदेश्यले अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको छ । वाक नेपाल र वर्ल्ड भिजन ईन्टरनेशनल नेपालको संयुक्त साझेदारीमा संचालित कोभिड प्रतिकार्य सवलिकरण परियोजना अन्तर्गत बयालपाटा अस्पताल, कमलबजार प्राथमिक स्वास्थ्य केन्द्र र मेल्लेख गाउँपालिकामा रहेको मेल्लेख आधारभूत अस्पताललाई सो सामाग्री हस्तान्तरण गरिएको हो ।

एक स्वास्थ्य संस्थालाई एउटा अक्सिजन कन्सन्ट्रेटरको १ लाख ३ हजार ९ सय ६० रकम गरि तिनै संस्थालाई कुल जम्मा ३ लाख ११ हजार ८ सय ८० रुपैया बरावरको सामग्री हस्तान्तरण गरिएको बताईएको छ ।
वाक नेपालीकाे टिमले बयालपाटा अस्पतालका प्रमुख डाक्टर मन्दिप पाठक, कमलबजार नगरपालिका प्रमुख ओम प्रकाश बिष्ट र मेल्लेख गाउपालिका वडा नम्बर ५ का अध्यक्ष रमेश बहादुर खडकालाई हस्तान्तरण गरेको हो ।
हस्तान्तरण कार्यक्रममा नेपालका कार्यक्रम व्यवस्थापक चेतराज जोशि, कार्यक्रम संयोजक दिलिप बाेहरा, लेखा संयोजक ईश्वर उपाध्याय, मिल संयोजक जगत रावल, खरीद तथा आपूर्ति व्यवस्थापन अधिकृत संयोजक अनुजा श्रेष्ठ स्वास्थ्य संस्थाका कर्मचारी, स्थानीय जनप्रतिनिधीको सहभागिता रहेको थियो ।