एमसीसी विरुद्ध समाजवादी युवा-विद्यार्थिको मंगलसेन र साँफेबगरमा प्रदर्शन

Kirci Gyan Kendra

१ फागुन, अछामः
पार्टिको केन्द्रिय निर्देशन बमोजिम सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) ले अमेरिकी सहयोग नियोग (एमसीसी) सम्झौता विरुद्ध मंगलसेन र साँफेबगरमा प्रदर्शन गरेको छ ।

Samajik New Add 2082
Saud Agro Kailash

पार्टीको भातृ सङ्गठन अनेरास्वीयु र युवासँघको नेतृत्वमा मंगलसेन बजार र साँफेबगर बजारमा एमसीसी चाहिँदैन, राष्ट्रिय स्वाभिमानको रक्षा गरौँ, एमसीसी खारेज गरौँ, ब्याक एमसीसी, वैदेशिक हस्तक्षेप चाहिँदैन लगायतका प्लेकार्ड सहितको नारा लगाएका पछी कोणसभामा परिणत भएको थियो ।

मंगलसेनमा अनेरास्वीयुका केन्द्रिय कमिटी उपाध्यक्ष केशरी रेग्मीले नेतृत्व गर्नु भएको कोणसभालाई जिल्ला अध्यक्ष हिरण्ड भटराईले सम्बोधन गर्नु भएको थियो भने साफेबगरमा अनेरास्वीयु अछामका ईञ्चार्ज शँकर बिष्टले नेतृत्व गर्नु भएको कोणसभालाई पार्टिका जिल्ला उपसचिव तथा साँफेबगर नगर ईन्चार्ज हिक्मत कुवरले सम्बोधन गर्नु भएको थियो ।मंगलसेनमा भएको कोणसभालाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष भट्राईले एमसीसी सम्झौता देशको सविधान भन्दा माथि भएकाले यथास्थितीमा कुनै पनी हालमा स्विकार्न नसकीने बताउनु भयो ।

संसदबाट एमसीसी पास भएमा अझै देश नै बरबादी तिर जाने भएकाले सबै देशभक्त जनता एमसीसीको विरुद्ध उत्रिर्नु पर्ने बताउनु भयो । आफ्नो पार्टि सत्ताका लागी नभई देशका लागी अघि बढीरहेकोले एमसीसीमा रहेका ६ वटा बुदा देशका लागी घातक नै भएको प्रतिक्रिया दिनु भएको छ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.