मंगलखवरको कार्यालय उदघाटन सम्पन्न (तस्बिर सहित)

Kirci Gyan Kendra

मंगल मिडिया नेटवर्क प्रालिद्धारा संञ्चालित मंगलखबर डटकमको मंगलसेनमा कार्यालय उदघाटन गरिएको छ । बाल मन्दिर नजिक कार्यालयको मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले रिवन काटेर उदघाटन गर्नु भएको हो । कार्यक्रममा विशेष अतिथि अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनी रहनु भएको थियो ।

Samajik New Add 2082

मंगल मिडिया नेटवर्कका अध्यक्ष होम बहादुर साउदको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले अछामका अध्यक्ष चन्द्र बोहरा, नेपाली काग्रेसका महाधिबेशन प्रतिनीधी पुुष्प बहादुर शाह, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य लोक बहादुर बोगटी, नेकपा एकिकृत समाजवादीका जिल्ला कमिटी उपसचिव नयन बहादुर सोडारी, कार्यक्रममा अछामका प्रहरी प्रमुुख डिएसपी रविराज थपलिया, एमाले अछामका सचिव भीम बहादुर रावल कालोटोपी, मंगलसेन नगरपालिका वडा नम्बर ४ का अध्यक्ष पदम बहादुर धामी, अन्तरपाटी महिला संजाल अछामका अध्यक्ष बिन्दु रावल, मंगलसेन नगरपालिकाका सुचना अधिकारी विष्णुु प्रसाद जैसी, आस्था नेपालका जिल्ला कार्यक्रम प्रबन्धक रुपक चन्द, समाजसेवी रमेश बहादुर रावल, ब्याबसायी गोपाल बोगटी अतिथी रहनु भएको थियो ।

Saud Agro Kailash

यसैगरि कार्यालयको उदघाटनमा ढकारी गाउपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भाट, मंगलसेन नगरपालिका लेखा अधिकृत विष्णु प्रसाद उपाध्याय, बान्निगढी जयगढ गाउपालिका लेखा अधिकृत नारद प्रसाद खनाल, ढकारी गाउपालिका ईन्जिनियर तपेन्द्र रावल, ईन्जिनियर झनक अधिकारी, मंगलसेन नगरपालिकाका सूचना प्रविधि अधिकृत पौरख कुमार बोगटीले पनि कार्यालयमा उपस्थित भई सुझाव तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

यस्तै मंगलसेन नगरपालिका वडा नम्बर ५ का सचिव हेमन्त साउद, ६ का सचिव धिरेन्द्र भण्डारी, शिक्षक धन कुमार केसी, नेकपा (एस) का जिल्ला उपसचिव नमराज न्यौपाने, नेकपा जिल्ला सचिवालय सदस्य निरक शाहि, जिल्ला अस्पताल ब्याबस्थापन समिति अध्यक्ष प्रभुनाथ खनाल, ब्रह्ममा कुमारी ईश्वरिय विश्वविद्यालयका संचालक कविता दिदी, बिज्ञापनदाता गोपाल बोगटि, अरुण शर्मा, कटक थापा, एकेन्द्र बोगटी, मंगलसेन ५ वडा सदस्य नृप खडका, हर्क बहादुर थापा, रेडियो शोसाईटिका पत्रकार चक्र प्रसाद जैसी, युवा भुपेन्द्र बहादुर बुढा, बल बहादुर भण्डारी, पूर्ण बहादुर विक, खकेन्द्र शाहिले सुझाव सहित शुभकामना दिनु भएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.