मंगलसेन नगरपालिका द्वारा २८ जना कृषकलाई ४ दिने पशुपालन तालिम प्रदान

गणेश थापा, अछाम: मंगलसेन नगरपालिकाभित्रका २८ जना कृषकहरूलाई लक्षित गरी सञ्चालन गरिएको कुखुरा, बाख्रा तथा गाई–भैंसी पालन सम्बन्धी ४ दिने तालिम कार्यक्रम सम्पन्न भएको छ।
नगरपालिकाको आयोजनामा सञ्चालित उक्त तालिममा कृषकहरूलाई आधुनिक पशुपालन विधि, रोग व्यवस्थापन, पोषण तथा व्यवसायिक उत्पादन बढाउने उपायबारे प्रशिक्षण दिइएको थियो।
तालिम समापन कार्यक्रममा सहभागी कृषकहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रममा कृषकहरूले सिकेका सीपलाई व्यवहारमा उतार्दै आयआर्जन वृद्धि गर्ने विश्वास व्यक्त गरिएको छ।
तालिम समापन कार्यक्रममा नगर प्रमुख पदम बहादुर बाेहारा, प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद ढुंगाना, अन्य जनप्रतिनिधि, प्राविधिक कर्मचारी तथा सम्बन्धित सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
उक्त तालिमले कृषकहरूलाई व्यवसायिक पशुपालनतर्फ उन्मुख गराउँदै स्थानीय स्तरमा उत्पादन वृद्धि र आत्मनिर्भरता अभिवृद्धि गर्न टेवा पुग्ने अपेक्षा गरिएको सूचना अधिकारी बिष्णु प्रसाद जैसीले जानकारी दिनुभयो ।

Samajik New Add 2082
Leave A Reply

Your email address will not be published.