माओवादी केन्द्र तुर्माखाँदको बैठकद्धारा विभिन्न निर्णय

नेकपा माओवादी केन्द्र तुर्माखाँद गाउँपालिका पदाधिकारी बैठक बिभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । बैठकले पार्टीको नयाँ संरचना निर्माण गर्दै पार्टी लाई अझ संशक्त बनाउने उद्देश्यका साथ अगाडि बढाउने निर्णय गरेको छ ।

Samajik New Add 2082

बैठकले सबै वडाका इन्चार्ज समेत तोकेको छ । जसमा पबित्रादेबि शाही वडा नंम्वर १, दिक्पाल शाहीलाई वडानम्वर २, खड्के बुढालाई वडा नम्वर ३, रबि कामिलाई वडानम्वर ४, बाबुराम टमट्टालाई ५, गणेश प्रसाद उपाध्यायलाई वडानम्वर ६, दुर्गा जैशीलाई वडानम्वर ७ र उजिर बहादुर बिष्टलाई वडानम्वर ८ को ईञ्चार्जको जिम्मेवारी तोकिएको छ ।

साथै बैठकले जनक न्यापाने, जीवन नेपाली, गोपिराम भुल, दिक्पाल शाही, भजन सिंह बुढा र पूर्ण बिष्टलाई गाउँपालिका कमिटी सदस्यमा मनोनित गरिएको छ । यस्तै डिल्लि बुढाको संयोजक र प्रताब बयक सह संयोजक रहने गरि १५ सदस्य सल्लाहकार समिति गठन गरेको त्यहाँबाट जगत शर्माले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.