खप्तडका १५८ गरिब घरपरिवारलाई परिचयपत्र वितरण

तपेन्द्र कुवर:
साँफेबगर नगरपालिका वडा नं.१२ खप्तडमा १५८ जनालाई गरिब घरपरिवारका लागि परिचयपत्र वितरण गरिएको छ । ८४ अति गरिव, ४२ मध्यम गरिब सामान्य गरिब ३२ गरी १ सय ५८ गरिब घरपरिवारका लागि परिचयपत्र वितरण गरिएको छ ।

Samajik New Add 2082

साँफेबगर नगरपालिका वडा नं.१२ खप्तडका वडा अध्यक्ष प्रकाश रानाको अध्यक्षतमा भएको परिचयपत्र वितरण कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख कुलबहादुर कुँवर रहनुभएको थियो । परिचयपत्र वितरण कार्यक्रममा वोल्दै नगर प्रमुख कुँवरले गरिबीको रेखामुनी रहेका जनताको पहिचान गरी गरिब परिचय पत्र वितरण गरिएको जानकारी दिनुभयो ।

गरिव परिचय पत्रले आर्थिक अवस्था कमजोर भएका समुदायको लागि राज्यबाट विभिन्न सेवा सुविधा उपलब्ध हुने उहाँको भनाई रहेको छ । घरपरिवारका लागि परिचयपत्र वितरण कार्यक्रममा नगर उपप्रमुख विर्मलादेवि वुड्थापा, नेकपा एकिकृत समाजवादीका जिल्ला कमिटी उपसचिव हिक्मत कुँवर, जिल्ला कमिटी सदस्य नेत्र कुँवर, नगर कमिटी अध्यक्ष मुकेश सुनार, नेपाली काँग्रेसका वडा सभापति पारश कडायत, नेकपा एककिकृत समजावादीका वडा कमिटी अध्यक्ष महेन्द्र रोकाय, गरिब घरपरिवारका लागि परिचयपत्र वितरणका फोकल प्रसन नृप विश्वकर्मा लगायतको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.