नेकपा अछामद्धारा एमसीसी बिरुद्ध मंगलसेनमा विरोध प्रदर्शन सहित जनसभा

Kirci Gyan Kendra
Saud Agro Kailash
नेपाल कम्युनिष्ट पार्टि अछामको आयोजनामा एमसीसी बिरुद्ध विरोध प्रदर्शन सहितको जनसभा कार्यक्रम सदरमुकाम मंगलसेन सम्पन्न भएको छ । राष्टघात सम्झौता एमसीसी नेपालको सविधान भन्दा माथि भएको भन्दै मंगलसेनमा बजार प्रदर्शन सहीत खुल्लामंञ्चमा जनसभा कार्यक्रम भएको हो । नेकपा अछाम सचिव तपेन्द्र तिमिल्सैनाको अध्यक्षतामा भएको कार्यक्रममा सविधान सभा सदस्य तथा पार्टिका केन्द्रिय सदस्य डबल बहादुर शाह प्रमुख अतिथी रहनु भएको थियो ।

प्रमुख अतिथी शाहले देश बेच्नेहरु सत्तामा पुग्दाको परिणाम अहिले जनताले भोग्नु परेको बताउनु भयो । एमसीसीका विरुद्ध देशको पुरै जनता सडकमा उर्लेका बेला राजनितीकदलका नेताले सोच्नु पर्ने बेला आएको बताउनु भयो । हरेक क्षेत्रबाट एमसीसीको भण्डाफोर हुन जरुरी रहेको बताउनु भयो ।

जनसभा कार्यक्रमलाई युवा संगठन केन्द्रिय सचिवालय सदस्य ईन्द्र साउद, अनेरास्वीयु केन्द्रिय सदस्य रमेश बिसी, जन पत्रकार संगठनका खेमराज बुढा, जन अधिकार मंञ्चका पुर्ण भण्डारी, जनकम्युन साँस्कृतिक परिवारका दिलिप लगाएतका नेताले सम्बोधन गर्नु भएको थियो ।

विरोध कार्यक्रममा जनकम्युन साँस्कृतिक परिवारका कलाकार, चर्चित हास्यब्याग्य कलाकार जनक साउद अछामी माग्ने बुढा, भिम बष्ट अछामी रेखा थापा, रिदम बिसी लगाएतको कलाकारले आ आफ्ना साँस्कृतिक प्रस्तुती समेत प्रस्तुत गरेका थिए ।

जिल्ला सचिवालय सदस्य निरक शाहीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संञ्चालन जिल्ला कार्यालय सचिव लोकेन्द्र शाहीले गर्नु भएको थियो ।

यस्तै नेपाल मजुदर किसान पार्टिको भातृ संगठन नेपाल क्रान्तिकारी युवा संघ र नेपाल क्रान्तिकारी विद्यार्थि संघ अछामले देशघाती एमसीसी सम्झौता खारेज गर, सरकार र सांसदहरु  खबरदार भन्ने नाराका साथ खबरदारी जुलुस तथा सभा कार्यक्रम मंगलसेनमा गरेको छ ।

बिच बजारमा भएको कोण सभामा नेपाल मजुदर किसान पार्टिका केन्द्रिय सदस्य झँकर बहादुर शाही, र नेपाल क्रान्तिकारी युवा संघका केन्द्रिय सदस्य विरेन्द्र बहादुर शाहीले विरोध सहीत दलहरुलाई सचिन्न आग्रह गर्दै सुझाव मन्तव्य राखेका थिए । 

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.