मंगलसेन नगरपालिका १४ मा अनलाइन प्रणालीबाट घट्ना दर्ता सुरु

मंगलसेन नगरपालिका वडानम्वर १४ कालागाउँमा अनलाइन प्रणालीबाट घट्ना दर्ता कार्य सुरु गरिएको छ । नगरका सबै वडा कार्यालयमा नगरपालिकाले इन्टरनेटको व्यवस्थापन गरेसंगै वडानम्वर १४ मा पनि अनलाइन प्रणालीबाट घट्ना दर्ता कार्य सुरु गरिएको हो ।

Samajik New Add 2082

वडाका दुइजना सेवाग्राहीलाई अनलाइनबाट दर्ता गरिएको जन्मदर्ता दर्ताको प्रमाणपत्र हस्तान्तरण गर्दै नगर उपप्रमुख सरिता उपाध्यायले अनलाइन घट्ना दर्ता कार्यले सेवाग्राहीलाई सहज, छिटो छरितो र प्रविधिमैत्री तथा प्रभावकारी हुने वताउनुभयो । नागरिकको सहजताका लागि नगरपालिकाले यस्तै प्रविधिमैत्री प्रणालीमा जोड दिएको उहाँको भनाई छ ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले नगरपालिकालाई प्रविधिमैत्री बनाउदै अनलाइन प्रणाली संचालन गरिएको र प्रभावकारी पनि हुदै गएको उल्लेख गर्नुभयो ।

वडामा अनलाइन प्रणालीबाट घट्ना दर्ता सुभारम्भ कार्यक्रममा वडा अध्यक्ष तेज बहादुर भण्डारी, वडा सचिव हिक्मत प्रसाद जैशी, एम आइ एस फिल्ड सहायक दिल बहादुर केसी लगायतको सहभागिता रहेको वडा सचिव जैशीले जानकारी दिनुभयो । यो संगै नगरापालिकाका १३ वटा वडाले पूर्ण अनलाईन प्रणालीबाट व्यक्तिगत घट्ना दर्ता कार्य सुरु गरेका छन । अव वडा नम्वर १ मा मात्रै पूर्ण अनलाइन प्रणालीबाट घट्ना दर्ता कार्य सुरु हुन बाँकी छ ।

Leave A Reply

Your email address will not be published.