मतदाता नामवली अद्यावधिक र दाबी विरोध सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया

चक्र प्रशाद जैसीः

Samajik New Add 2082

मतदाता नामवली अद्यावधिक, दाबी विरोध सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम जिल्ला प्रसाशन कार्यालय अछाममा सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी विश्व राज मरासिनीको अध्यक्षतामा भएको कार्याक्रममा जिल्ला निर्वाचन अधिकारी कृष्ण सिंह नायकले निर्वाचन कार्यालयले हाल गरीरहेका गतिविधिहरुको बारेमा जानकारी गराउनु भएको थियो ।

आगामी वैशाख ३० मा हुने स्थानीय तहको चुनावलाई मध्यनजर गदै निर्वाचन आयोगले आफ्ना दैनिक काम अगाडी बढाइरहेको जिल्ला निर्वाचन अधिकारी नायकले बताउनुभयो । यही फागुन १९ गते देखी २६ गते सम्म दाबी बिरोध तथा नाम त्रुटी सच्याउने कार्यक्रम अछामका सबै स्थानीय तहका सबै वडाहरुमा सुरु हुने उहाँले बताउनुभयो ।

स्थानिय तहको निर्वाचन कार्यक्रमको सुचना तथा मतदाता नामावली प्रकासन फागुन १९ गते गर्ने उहाँले जानकारी गराउनु भयो । सोही अनुसार मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन सम्बन्धित प्रमुख नाम दर्ता अधिकारीको कार्यालयमा निवेदन दिने समय फागुन २० गते देखि २२ गते सम्म रहेको छ । मतदाता नामावलीमा कसैले झुठ्ठा बिबरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी फागुन २० गते देखि २२ गते सम्म प्रमुख नाम दर्ता अधिकारीको कार्यालयमा दिईने मतदाता नामावली ऐन २०७३ को दफा १५ मा व्यवस्था गरिएको छ ।

अछाम जिल्लामा २ सय ७ वटा मतदान केन्द्र र १ सय ३० मतदान स्थल तोकिएका छन् । जसमा कमलबजार नगरपालिकामा २० वटा मतदान केन्द्र, र १५ मतदान स्थल, चौरपाटी गाउँपालिकामा २० वटा मतदान केन्द्र, र १० मतदान स्थल, ढकारी गाउँपालिकामा १७ वटा मतदान केन्द्र, र १२ मतदान स्थल, तुर्माखाँद गाउँपालिकामा २१ वटा मतदान केन्द्र र १५ मतदान स्थल, पञ्चदेवल बिनायक नगरपालिकामा २० वटा मतदान केन्द्र र १४ मतदान स्थल, बान्नीगढी जयगढ गाउँपालिकामा १६ वटा मतदान केन्द्र र ९ मतदान स्थल रहेका छन ।

यसैगरी मंगलसेन नगरपालिकामा २६ वटा मतदान केन्द्र र १७ मतदान स्थल, साँफेबगर नगरपालिकामा २८ वटा मतदान केन्द्र र १६ मतदान स्थल, रामारोशन गाउँपालिकामा १८ वटा मतदान केन्द्र र ११ मतदान स्थल र मेल्लेख गाउँपालिकामा २१ वटा मतदान केन्द्र र ११ मतदान स्थल रहेका छन् ।

यस्तै जिल्ला निर्वाचन कार्यालय अछामका अनुसार कमलबजार नगरपालिकामा १४ हजार १ सय ५२ मतदाता, चौरपाटी गाउँपालिकामा १४ हजार ७ सय ६० मतदाता, ढकारी गाउँपालिकामा १२ हजार ४ सय ६३ मतदाता, तुर्माखाँद गाउँपालिकामा १५ हजार ५ सय ६० मतदाता पञ्चदेवल बिनायक नगरपालिकामा १६ हजार ४ सय ६५ मतदाता, बान्नीगढी जयगढ गाउँपालिकामा ११ हजार ७ सय ६६ मतदाता रहेका छन ।

मंगलसेन नगरपालिकामा १९ हजार ९ सय ८४ मतदाता, साँफेबगर नगरपालिकामा २२ हजार ६६ मतदाता, रामारोशन गाउँपालिकामा १४ हजार ४ सय ६६ मतदाता र मेल्लेख गाउँपालिकामा १५ हजार ४ सय १३ मतदाता गरी जिल्ला भर जम्मा १ लाख ५७ हजार ९५ मतदाता रहेको जिल्ला निर्बाचन अधिकारी नायकले बताउनु भएको छ । यस पछि अध्यावधिकका क्रममा केही घटवढ हुन सक्ने भए पनि धेरै मतदाताको संख्यामा फरक नपर्ने उहाँले बताउँनुभयो ।

जिल्लामा स्थापित राजनैतिक दल, संचारमाध्यमले यो निर्वाचनमा कोही नछुट्ने र कोही नदोहोरिने गरी व्यापक प्रचार प्रसार गर्नु पर्ने प्रमुख जिल्ला अधिकारी मरासिनीले बताउनुभयो । अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकार मरासिनी, जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख रविराज थपलीया, भवानी बक्सगणका प्रमुख सेनानी नर बहादुर सुबेदी, विभिन्न राजनीतीक दलका प्रमुख एवं प्रतीनीधी, बिभिन्न संघ संस्थाका प्रमुख एवं प्रतीनीधी, पत्रकार लगाएतको उपस्थीती रहेको थियो । अन्तरक्रिया कार्यक्रमको संचालन जिल्ला निर्वाचन कार्यालय अछामका सुचना अधिकारी गजेन्द्र प्रकाश थारुले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.