सेन्चुरी बैंक चाैरपाटीद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

Kirci Gyan Kendra

सेन्चुरी कमर्सियल बैंक चौरपाटी शाखाले बैजनाथ मा वि पायलमा ७५ जना बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेकाे छ । एक कार्यक्रमका विच गरिब, अनाथ तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएकाे सेञ्चुरी कर्मसियल बैँक चाैरपाटी शाखाका प्रबन्धक अर्जुन कुमार वनले जानकारी दिनु भयाे ।

Samajik New Add 2082

साथै विद्यालयलाई सरसफाई यूक्त वातावरणका लागि प्रत्येक कक्षाकाेठामा एक एक थान गरि १५ थान डसविन विद्यालयका सहायक प्रधानाध्यापक प्रेम बहादुर कुँवरलाई हस्तान्तरण गर्नु भयाे ।हस्तान्तरण पछि कार्यक्रममा वाेल्दै सहायक प्रधानाध्यापक कुँवरले विद्यार्थीकाे शैक्षिक सुधारका लागि शैक्षिक सामाग्री र कक्षाकाेठा ब्यवस्थापन तथा सरसफाईकाे लागि हस्तान्तरण सामाग्रीले विद्यार्थीकाे हाैसला प्रदान गरेकाे बताउनु भयाे ।

Saud Agro Kailash

सहायक प्रधानाध्यापक कुँवरले सामाग्री सहयाेगकाे लागि सेञ्चुरी कर्मसियल बैँक चाैरपाटी शाखालाई धन्यवाद दिनु भयाे । यस्तै बैँकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत नै उक्त विद्यालयका ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीहरुमा आधारभूत वित्तिय साक्षरता पनि समेत प्रदान गरिएकाे थियाे ।

वित्तिय साक्षरता कार्यक्रममा बाेल्दै सेञ्चुरी कर्मसियल बैँक चौरपाटी शाखा प्रमुख अर्जुन कुमार बनले सेन्चुरी बैंक सरल बैंकिंग सबैका लागि भन्ने मुलनारा सहित शहर देखि ग्रामिण क्षेत्र सम्म आधुनिक बैंकिंग सेवा दिदैं त्यस क्षेत्रका सर्वसाधारणहरुमा वित्तीय सेवाको पहुँच बिस्तार गर्दै आईरहेको बताएका छन् ।

उनले बैंकले आफ्नो सामाजिक उतरदायित्व अन्तर्गत समुदायका विभिन्न क्षेत्रमा आर्थिक सहयोग गर्दै आईरहेको र आगामि दिनमा समेत सहयोगात्मक कार्यहरु जारी राख्ने बताउनु भयाे ।

कार्यक्रममा बैजनाथ मा विका शिक्षक, विद्यार्थी र सेञ्चुरी बैँक चौरपाटी शाखाका कर्मचारीहरुकाे सहभागिता रहेकाे थियाे ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.