नारी दिवसको अवसरमा नागरिक शिक्षा र मानव अधिकार सम्बन्धि अन्तरक्रिया सम्पन्न

Kirci Gyan Kendra

११२ औं अन्तरास्ट्रिय नारी दिवसको अवसरमा नागरिक शिक्षा र मानव अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रम मंगलसेन नगरपालिकामा सम्पन्न भएको छ । मंगलसेन नगरपालिकाको समन्वय तथा सहकार्य तथा मालिका बिकास संघ नेपाल अछामको आयोजनामा भएको कार्यक्रम मंगलसेन नगरपालिका ३ मा समुहमा आबद्ध महिला तथा मालिका बिकास संघको कार्यक्षेत्र वडा ४ र ५ का सुशासन पाठशालामा आबद्ध महिलाले नागरिक शिक्षा र मानव अधिकारको बिषयमा आ आफ्नो बिचार ब्यक्त गरेका थिए । बिचारसंगै सम्बन्धित निकायका ब्यक्तिसँग सहभागी महिलाले जिज्ञासा समेत राखेका थिए ।

Samajik New Add 2082
Saud Agro Kailash

मंगलसेन नगरपालिका उपप्रमुख तथा न्यायिक समिति संयोजक सरिता उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा मंगलसेन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारी, अन्तरपार्टि महिला संजाल अछामका अध्यक्ष बिन्दु रावल, वडा नम्बर ३ का अध्यक्ष पदम सिंह भाट, वडा नम्बर ४ का सदस्य भावना केसीले मन्तव्य राख्दै महिला दिदी वहिनिले निर्णायक तहमा पुग्नका लागि लडेर भएपनि अघि बढनु पर्नेमा जोड दिएका थिए ।

शक्ति र सत्तामा पुगे मात्रै अधिकार सुनिश्चित हुने भएकाले हरेक महिलालाई अघि बढन अतिथिले आग्रह गरेका थिए । कार्यक्रममा मौलिक हक अन्तरगत महिला सम्बन्धि अधिकार तथा कानुनी ज्ञानका बारेमा अधिबक्ता खडक बहादुर खडकाले जानकारी गराउनु भएको थियो ।

कार्यक्रमको उद्देश्य तथा औचित्यको बारेमा मालिका बिकास संघ नेपालका परिवर्तन परियोजना संयोजक रतन रावलले जानकारी गराउनु भएको थियो भने संचालन मंगलसेन नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख मन्जु महतले गर्नु भएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.