नेकपा एस निकट युवा संगठन अछामले कृषि सहकारीको स्थापना गर्ने

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट युवा संघ नेपाल अछामको पदाधिकारीको प्रथम वैठक सदरमुकाम मंगलसैन सम्पन्न भएको छ । युवा संघ नेपाल अछामका अध्यक्ष एकेन्द्र कुँवरको अध्यक्षतमा वैठक सम्पन्न भएको छ ।

Samajik New Add 2082

वैठकले युवाहरुलाई आत्मनिर्भर बनाउनको लागि कृषि सहकारीको स्थापना गर्ने महत्वपूर्ण निर्णय गरेको छ । युवाहरुलाई आन्दोलनमा मात्रै परिचालित नभई आत्मनिर्भर बनाउँदै स्थानीय स्तरमा रोजगारीको सृजना गर्ने उद्देश्य रहेको अध्यक्ष कुँवरले जानकारी दिनुभयो ।

युवा संघको विस्तारित वैठकले पहिला १० वटै पालिकामा पालिका कमिटी गठन निर्णय गरेको छ । वैठकमा युवा संघ नेपालका केन्द्रिय सचिवायल सदस्य वमबहादुर धामी, केन्द्रिय सदस्य सतिश कुँवर, टेकेन्द्र जैगडी, अनेरास्वीयुका जिल्ला कमिटी अध्यक्ष शंकर विष्ट, युवा संघका जिल्ला कमिटी उपाध्यक्ष निरञ्जन स्वाँर, सचिव पूर्ण बहादुर विक लगायत युवा संघका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.