स्वर्गीय नेता भण्डारीको शोक सभा मंगलसेन ११ मा सम्पन्न

Kirci Gyan Kendra

नेकपा एमाले मंगलसेन नगरपालिका वडा नम्बर ११ का निवर्तमान वडा कमिटी अध्यक्ष टेक बहादुर भण्डारीको शोक सभा कार्यक्रम सम्पन्न भएको छ । गत पौष १४ गते ५५ बर्षको उमेरमा निधन भएका नेता भण्डारीको वडा कमिटीले एक कार्यक्रमका बिच शोक सभा कार्यक्रम गरेको हो ।

Samajik New Add 2082

वडा कमिटी अध्यक्ष शेर बहादुर भण्डारीको अध्यक्षतामा भएको शोक सभामा नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटी सदस्य पदम बहादुर बोहरा प्रमुख अतिथि रहनु भएको थियो ।

Saud Agro Kailash

प्रमुख अतिथि बोहराले राम्रो कामको अनुसरण हरेकले गरेर अघि बढन सक्नुपर्नेमा जोड दिनु भयो । समाजका लागि योगदान दिएका ब्यक्तिको सम्मान हरेक क्षेत्रबाट हुने भएकाले सबैलाई समाजका लागि उल्लेखनिय काम गर्न सुझाव दिनु भयो । जहिले पनि श्रमजीवी वर्गका हकमा एमालेले आवाज उठाउदै आएकाले सबै एकजुट भएर अघि बढे परिवर्तन सम्भव हुने बताए ।

कार्यक्रमका बिशिस्ट अतिथि नेकपा एमाले अछामका सचिव भीम बहादुर रावलले समाज, राष्ट्र, परिवारका लागि योगदान दिएका ब्यक्तिलाई सम्मान जहिले पनि हुने गरेको बताउनु भयो । स्वर्गीय नेता भण्डारीले संक्रमणकाल तथा प्रतिकुल समयका बाबजुद एमालेमा संगठित हुदै पार्टिलाई उच्च बनाउन योगदान दिएको बताउनु भयो ।

२०७४ को स्थानिय तहको निर्वाचनमा वडा नम्बर ११ बाट अध्यक्षका उम्मेदवारका बनेका नेता भण्डारीको शोक सभा कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्य तथा नगर उपप्रमुख सरिता उपाध्याय, जिल्ला सचिवालय सदस्य तथा नगर ईन्चार्ज लिलाराज केसी, जिल्ला कमिटी सदस्य हर्क विरही विक, सल्लाहकार सदस्य खडक बोहरा, कर्ण जनाला, जनक कुवर, धन बहादुर कडायत, एमाले नगर सचिव डम्मर रावल, प्रेस चौतारी अछामका कोषाध्यक्ष कमल कुमार रावल, अनेरास्ववियु जिल्ला कोषाध्यक्ष जगत भण्डारी, युवा संघका निरक भण्डारी, शिक्षक संगठनका भोज रावल, एमाले वडा नम्बर १२ वडा कमिटी तपेन्द्र रावल, महिलाको तर्फबाट ललिता रावलले शोक मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको संचालन वडा कमिटी सचिव सचिव गोविन्द विकले गर्नु भएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.