आउदो चुनावमा एमाले पहिलो शक्ति बन्छ : नेता रावल

Kirci Gyan Kendra

एकेन्द्र महता : पुर्व उपप्रधान तथा रक्षा, गृह मन्त्री डा. भीम रावलले आगामी निर्वाचनमा नेकपा एमाले देशकै पहिलो पार्टी हुने बताउनु भएको छ । नेकपा एमाले साँफेबगर नगरपालिका वडा नम्बर ४ मष्टामाण्डौँको भेलामा बोल्दै रावलले जनताले आगामि बैशाख ३० गते निर्वाचनमा नेकपा एमालेलाई दुई तिहाई मतका साथ देशकै पहिलो पार्टी बनाउने बताउनु भएको हो ।

Samajik New Add 2082
Saud Agro Kailash

वडा कमिटी अध्यक्ष राजेन्द्र कोलीको अध्यक्षतामा भएको वडा भेलाका प्रमुख अतिथि नेकपा एमालेका पूर्व उपाध्यक्ष डा. रावलले नेपाली काँग्रेसले आज भन्दा ७० बर्ष अघि कोशि, गण्डकी, महाकाली लगाएतका विभिन्न सन्धी सम्झौता गरेर धोका दिएको उल्लेख गर्नु भयो । यस्तै उहाँले कपडा कारखाना, कागज कारखाना, इट्टा र जुत्ता कारखाना जस्ता विभिन्न कल कारखानाहरु कौडीको मुल्यमा बेचेका कारण नेपाली काँग्रसको विरोध गर्नु परेको बताउनु भयो ।

उहाँले केही नेताले नेपाली जनतालाई धनी बनाउनुको सट्टा विदेशीको चाकरी गरेर धोका दिएको उल्लेख गर्नु भयो । उहाँले आफ्नो पार्टी सरकारमा रहँदा आफ्नो गाउँ आफै बनाऔँ जस्तो लोकप्रिय कार्यक्रमहरु ल्याएको बताउनु भयो । उहाँले आफू जनताले दिएको मत, सद्भाव र मायाको सधैँ कदर गरी रहने बताउनु भयो ।

वडा भेलामा नेकपा एमाले सुदूरपश्चिम प्रदेस कमिटी सदस्य देव बहादुर कुँवर, मिन बहादुर कुँवर, टेक बहादुर कुँवर, नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा साँफेबगर नगर कमिटी इन्चार्ज रमेश कुँवर, जिल्ला कमिटी सदस्य तथा नगर कमिटी सहइन्चार्ज बालगिरी कुँवर, जिल्ला कमिटी सदस्य झंकर कुँवर, हिरण्ड कुँवर, दुधकला बिष्ट, रबिन्द्र शाह, सुरत भुल, चक्र सुनार, पूर्व जिल्ला कमिटी सदस्य शिव खड्का, लाल बहादुर रावत, जिल्ला कमिटी सल्लाहकार सदस्य ढकेन्द्र कुँवर, किसान महासंघका जिल्ला उपाध्यक्ष नैन सिंह कुँवर, नेकपा एमाले साँफेबगर नगर कमिटी सचिव ललित बोगटी, युवा राष्ट्रिय युवा संघ नेपालका जिल्ला सचिव जितेन्द्र कुँवर, अनेरास्ववियुका जिल्ला सचिव भिम बडाहित, नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला सदस्य चक्र बहादुर कुँवर, पूर्व जिल्ला कमिटी सल्लाहकार सदस्य पुर्ण कुँवर लगाएतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । भेलाको संचालन वडा कमिटी सदस्य भगवति कुँवरले गर्नु भएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.