एमालेमा दक्षिणपन्थी अवसरवादको गुट हाबि : नेता कुँवर

तपेन्द्र कुवर : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) अछामको दोस्रो जिल्ला कमिटीको विस्तारित बैठक मंगलसैनमा सम्पन्न भएको छ । जिल्ला कमिटी अध्यक्ष हिरण्ड भट्टराईको अध्यक्षतामा भएको बैठकका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य सुदुरपश्चिम् प्रदेश कमिटी उपाध्यक्ष शेरबहादुर कुँवर रहनु भएको थियो ।

Samajik New Add 2082

बैठकलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य कुँवरले नेकपा एमाले भनेको इतिहास भएको भन्दै अहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको पार्टी दक्षिणपन्थी अवसरवादको गुट भएको दाबी गर्नुभयो । उहाँले नयाँ गुटले अहिले पनि देशभर नेकपा एमाले हौँ भनेर भ्रम छर्ने काम गरेको पनि बताउनु भयो ।

उहाँले नेकपा एमालेमा रहेका नेता तथा कार्यकर्तालाई जनताको साथ दिइरहेको पार्टी नेकपा एकीकृत समाजवादीमा आउन पनि आग्रह गर्नुभयो । बैठकलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य अछाम ईन्चार्ज कुलबहादुर कुँवरले आगामी स्थानीय तहको निर्वाचनमा जुट्नको लागि नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।समाजवादी पार्टीले लिएको नीति र कार्यक्रमलाई जनतामाझ लिनु पर्नेमा जोड दिनुभयो ।

बैठकले आगमी स्थानीय तहको निर्वाचन केन्द्रित कार्यक्रम बनाएको छ। चैत २८ गतेसम्म पालिका बैठक घरदैलो कार्यक्रम गर्ने निर्णय गरेको छ। स्थानीय तहको निर्वाचनलाई सफल र व्यवस्थापन र तालमेल गर्नको लागि केन्द्रिय सदस्य अछाम ईन्चार्ज कुलबहादुर कुँवरको नेतृत्वमा तीन सदस्यीय समिति बनएको छ । समितिको सदस्यमा केन्द्रिय सदस्य शंकर भण्डारी, जिल्ला कमिटी अध्यक्ष हिरण्ड भट्टराई रहनुभएको छ ।

यस्तै जिल्ला कमिटी अध्यक्ष हिरण्ड भट्टराईको अध्यक्षतामा ७ सदस्यीय घोषणा पत्र लेखन समिति बनाएको छ । बैठकमा १० वटै पालिकाका ईन्चार्ज, सहइन्चार्ज र अध्यक्षले रिपोर्टिङ गरेका थिए ।

बैठकमा केन्द्रिय सदस्य शंकर भण्डारी, प्रदेश कमिटी सदस्य शिबबहादुर कुवर शिलोज, जितबहादुर निशानी,डम्मर नेपाली, लक्ष्मी भट्टराई, कल्लान सिंह बोगटी, प्रथिबी भण्डारी लगायतको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.