नेकपा एस वान्नीगढी जयगढ गाउँ संगठन कमिटीको भेला सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) वान्नीगढी जयगढ गाउँ संगठन कमिटीको भेला सम्पन्न भएको छ । संगठन कमिटीका अध्यक्ष तरुण खड्काको अध्यक्षतामा भएको भेलाका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) केन्द्रिय सदस्य, सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष शेरबहादुर कुँवर रहनुभएको थियो ।

Samajik New Add 2082

भेलालाई सम्वोधन गर्दै केन्द्रिय सदस्य कुँवरले आगामि स्थानीय तहको निर्वाचनमा जुट्न सवैलाई आग्रह गर्नुभएको छ । समाजवादी पार्टीमा वढ्दै गएको जनलहरका कारण विद्रोहको पुष्टि दावि गर्नुभयो । उहाँले कम्युनिष्ट आन्दोलनलाई सहि दिशामा अगाडि बढाउने कार्यभार एकिकृत समाजवादीको रहेको बताउनुभएको छ ।

भेलामा वोल्दै प्रदेश कमिटी सदस्य शिवबहादुर कुँवर शिलोजले पार्टीले लिएको नीति र विचारलाई गाउँगाउँ सम्म लैजानु पर्ने धारणा राख्नुभयो । भेलाले चैत १७ गतेबाट २२ गतेसम्म ६ वटै वडामा भेला गर्ने निर्णय गरेको छ ।

गाउँ संगठन कमिटीका अध्यक्ष तरुण खड्काको अध्यक्षता १ सय १ सदस्सीय चुनावि परिचालन समिति गठन गरेको छ । भेलामा जिल्ला कमिटी सचिवालय सदस्य गाउँ कमिटी ईन्चार्ज टेकबहादुर रावल, सहईन्चार्ज मोहनलाल ताम्राकार, सचिवालय सदस्य लोचन स्वाँर, समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य तपेन्द्र कुँवर, अनेरास्वीयुका जिल्ला कमिटी अध्यक्ष शंकर विष्ट लगायतको सहभागिता रहेको थियो ।

गाउँ कमिटी उपाध्यक्ष सुन्दर ठकुल्लाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन गाउँ कमिटी सचिव तिलक ठकुल्लाले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.