सुनचादी व्यवसायी संघ अछामको अध्यक्षमा चक्र सुनार विजयी


अछाम सुनचादी व्यवसायी संघको अध्यक्षमा चक्र सुनार विजयी भएका छन । साँफेबगरमा सम्पन्न छैटौं साधारण सभाबाट निकटतम प्रतिद्वन्द्वी किस्मत सुनारलाई फराकिलो अन्तर ३९ मतान्तरले पराजित गर्नु भएको हो ।

जम्मा खसेको ५० मत मध्ये चक्र सुनारले ३९ र किस्मत सुनारले ११ मत मात्र प्राप्त गरेका थिए । ७ सदस्यीय संघमा उपाध्यक्ष लोक बहादुर दियाइली, सचिव तारामान सोनी, कोषाध्यक्ष अक्कल सोब, सह सचिव प्रकाश सुनार, सदस्य पहल सुनार र प्रकाश सुनार रहेका छन ।
नव निर्वाचित अध्यक्ष सुनारले जिल्लामा छरिएर रहेका सुन चादी व्यवसायीहरुलाई गोलबन्द गरेर लैजाने बताउनु भयो । स्थानीय स्तरमा रहेका लोपोन्मुख गरगहनाहरुको संरक्षण र प्रबर्द्धन गर्ने, सुन चादिको क्षेत्र संगसङगै सामाजिक क्षेत्रमा पनि काम गर्ने र दलित समुदायका विभिन्न सवालहरुमा सहजीकरण गर्दै समाज रुपान्तरणका लागि महत्वपूर्ण भुमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

