खानेपानी सरसफाइ तथा स्वच्छता व्यवस्थापन अवधारणा सम्बन्धि २ दिने कार्यशाला रामारोशन सम्पन्न

खानेपानी सरसफाइ तथा स्वच्छता (WASH) व्यवस्थापन अवधारणा सम्बन्धि २ दिने कार्यशाला गोष्ठी रामारोशन गाउपालिका सम्पन्न भएको छ । रामारोशन गाउँपालिकामा संचालित RVWRMP ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना तेस्रो चरण अन्तर्गत भएको गोष्ठीको समापन गाउँपालिकाका अध्यक्ष झंकर बहादुर साउद ( भाष्कर) ले गर्नु भएको हो ।


समापन गर्दै अध्यक्ष साउदले खानेपानी आयोजना तथा पुर्ण सरसफाइ अभियानलाई दिगोपना दिनका लागि स्थानिय सरकारबाट गर्न सकिने सहयोग रहने बताउनु भयो ।
खानेपानी र सरसफाइका क्षेत्रमा गाउपालिकाको तर्फबाट थुप्रै कार्य भएको बताउदै सोच, परिकल्पना उद्देश्य सहित काम आगामी दिनमा हुनुपर्नेमा जोड दिनु भयो ।
संस्थागत र आर्थिक रुपमा हुने सहयोग सबैले गर्नु पर्ने बताए । गोष्ठीमा खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति सबै वडाका वडा अध्यक्ष, युसी नेटवर्कका पदाधिकारी, सदस्यको सहभागीता रहेको थियो ।

