रामारोशन गाउँपालिकामा ३ महिने सिलाई कटाई तालिमको समापन

Kirci Gyan Kendra

रामारोशन गाउँपालिकामा ३ महिने सिलाई कटाई तालिमको समापन गरिएको छ । गाउँपालिकाको आर्थिक बर्ष २०७८÷०७९ मा विनियोजित ६ लाख बजेट मार्फत महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा मार्फत संचालित ३ महिने तालिमको समापन गरिएको हो ।

Samajik New Add 2082
Saud Agro Kailash

वडाका २१ जना एकल, विपन्न तथा दलित महिलालाई केन्द्रीत ३ महिने तालिमको समापन रामारोशन गाउंपालिकाका उपाध्यक्ष सरस्वती रावलले गर्नु भएको थियो । तालिमको समापन गर्दै उपाध्यक्ष रावलले सिलाई कटाई सिकेका महिलालाई आगामी ब्याबसाय संञ्चालन गरेर आत्म निर्भर बन्न आग्रह गर्नु भयो ।

सिमान्तकृत वर्गको हकहितका लागि आवाज उठाउदै आएको बताउदै निरन्तर त्यस वर्गका पक्षमा आफु रहेको बताउनु भयो । तालिममा सहभागी महिलाले आफु अब सिलाई कटाई गर्न सक्षम भएकाले ब्याबसायी बन्दै जाने बताउनु भयो । आगामी दिनमा अझै पनी पुर्नताजगी तालिम आवश्यक पर्ने भएकाले तालिम प्रदान गर्न समेत सहभागी महिलाले माग गरेका थिए ।

तालिम समापन कार्यक्रममा उपाध्यक्ष रावल सहित, रामारोशन गाउँपालिका कार्यपालिका सदस्य हरि परियार, रेडियो बान्नीगढीका कार्यकारी निर्देशक धनराज साउद, मंगलखबर डटकमका कार्यकारी सम्पादक कमल कुमार रावल, तालिमका प्रशिक्षक अतिथी रहनु भएको थियो । समापन कार्यक्रमको संञ्चालन रामारोशन गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख ज्वती बुढाले गर्नु भएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.