अछाममा हालसम्म ४६ हजार बढी नागरिक स्वास्थ्य बिमामा जोडिए

Kirci Gyan Kendra

टेक बहादुर थापा : अछाम जिल्लामा हाल सम्म ४६ हजार ३ सय ९२ जनाले स्वास्थ्य बीमा गरेका छन । २०७४ साल पुस ९ गते यता २० हजार ८ सय ४१ जना पुरुष र २५ हजार ५ सय ५१ जना महिलाले स्वास्थ्य विमा गरेको स्वास्थ्य बीमा बोर्ड अछामका प्रमुख मनकला न्यौपानेले जानकारी दिनु भयो ।

Samajik New Add 2082

२०७८ सालको फागुन महिना सम्म १ करोड ६ लाख ३७ हजार ९ सय ७० रुपैयाको स्वास्थ्य बीमा गरिएको न्यौपानेको भनाई छ । जिल्ला अस्पताल अछाम, बयालपाटा अस्पताल, कमलबजार स्वास्थ्य चौकी र चौरमाण्डौ प्राथामीक स्वास्थ्य केन्द्रबाट बीमाको काम भईरहेको छ ।

Saud Agro Kailash

अहिलेको तथ्याङक हेर्दा ५ बर्षको अवधीमा स्वास्थ्य बीमा गर्ने सेवाग्राहीको संख्या निकै कम रहेको कार्यालयले जनाएको छ । स्वास्थ्य बीमा दिवसको अवसरमा शुक्रबार मंगलसेनमा आयोजना गरिएको कार्यक्रममा सहभागी सरोकारवाले जिल्लामा अहिलेपनि स्वास्थ्य बीमा गराउने सेवाग्राहीको संख्या निकै कम रहेकाले यस तर्फ कार्यालयले थप प्रभावकारी कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिएका छन ।

सहभागी सरोकारवालाले उठाएको सवालका बारेमा आफ्नो धारण राख्दै कार्यालय प्रमुख न्यौपानेले स्वास्थ्य बीमा बोर्डले बढि भन्दा बढी सेवाग्राहीलाई यसमा आवद्ध गराउन पहल गरिरहेको र यो पहल पर्याप्त नभएकाले आगामी दिनमा थप कार्यक्रम गर्ने योजना रहेको बताउनु भयो ।

सेवाग्राही पनी आपत परेको बेला मात्रै आउने र बोर्डबाट पनि प्रभावकारी कार्यक्रम संचालन नहुदा स्वास्थ्य बीमा प्रति मान्छेको आकर्षण नबढेको उहाको भनाई छ । स्वास्थ्य बीमाको लागी पलिहको भन्दा सेवाग्राही बढेपनि अपेक्षाकृत ढंगले नबढेको कार्यालय प्रमुख न्यौपानेले बताउनुभयो ।

स्वास्थ्य सेवामा सर्वव्यापी पहुचका लागी स्वास्थ्य बीमा भन्ने नाराका साथ छैटौ स्वास्थ्य वीमा दिवसको अवसरमा स्वास्थ्य वीमा बोर्डले मंगलसेनमा दिप प्रज्वलन गरि कार्यक्रम गरेको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.