मंगलसेन ८,९,१० र ११ का नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा स्वागत गरियो

Kirci Gyan Kendra

मंगलसेन नगरपालिका वडा नम्बर ९ वलिगाउका नवनिर्वाचित वडा अध्यक्ष एंव सदस्यलाई बधाई तथा स्वागत कार्यक्रम गरिएको छ । निमित्त वडा सचिव सुरेन्द्र बहादुर रावलको अध्यक्षतामा भएको कार्यक्रममा नवनिर्वाचित वडाअध्यक्ष पदम बहादुर बोहरा प्रमुख अतिथि रहनु भएको थियो ।

Samajik New Add 2082

बधाई तथा स्वागत कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य नर बहादुर रावल, निवर्तमान वडाअध्यक्ष झपट बहादुर रावल, नेकपा एमाले जिल्ला सल्लाहकार सदस्य रमेश बहादुर रावल, एमाले नगरकमिटी उपाध्यक्ष तकेन्द्र रावल, नेपाली काग्रेस वडा सभापति झुलेन्द्र बहादुर रावल नवनिर्वाचित वडा सदस्य पुष्प बहादुर रावल, दिपक रावल, रेखा रावल, मथुरा दमाई लगाएत सबै विद्यालयका प्रअ, महिला, समाजसेवी, बुद्धिजीवीले सुझाव सल्लाह दिदै वडामा आवश्यकता आधारमा हरेक कार्य संचालन गर्न सुझाव दीएका थिए ।

Saud Agro Kailash

स्वास्थ्य चौकीका अनमी रामेश्वरी रावलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन अहेब भरतराज जोशीले गर्नु भएको थियो । यसैबिच वडा नम्बर ८ का नवनिर्वाचित वडा अध्यक्ष ज्ञानेन्द्र बोहरालाई पनि वडाले बधाई तथा स्वागत कार्यक्रम गरेको छ । वडा सचिव दिपक खडकाको अध्यक्षतामा भएको कार्यक्रममा नवनिर्वाचित वडा अध्यक्ष ज्ञानेन्द्र बहादुर बोहरा प्रमुख अतिथि रहनु भएको थियो ।

स्वागत कार्यक्रममा निवर्तमान वडा अध्यक्ष हिरण्ड बहादुर बोहरा, नवनिर्वाचित वडा सदस्य, पुर्व सदस्यको सहभागिता थियो । कार्यक्रममा वडा प्राविधिक झनक अधिकारी, पशु प्राविधिक उर्मिला भण्डारी लगाएतको सहभागीता रहेको थियो । उता वडा नम्बर १० र ११ का नवनिर्वाचित वडा अध्यक्ष र सदस्यलाई समेत स्वागत गरिएको छ ।

वडा नम्बर १० का अध्यक्ष जनक कुवर, ११ का अध्यक्ष नर बहादुर भण्डारी लगाएत सबै सदस्यलाई बधाई तथा सम्मान गरिएको हो । बधाई तथा सम्मान कार्यक्रममा निवर्तमान वडा नम्बर १० अध्यक्ष नेत्र बहादुर रावल, ११ का डबल सिंह भण्डारी, वडा सदस्यको समेत बिदाई गरिएको थियो । वडा सचिव दिल बहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व अध्यक्ष, सदस्य सरोकारवाला सबैको सहभागीता रहेको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.