आम नागरिकका लागी मंगलसेन नगरपालिकाद्धारा नम्बर तथा इमेल ठेगाना सार्वजनिक

Kirci Gyan Kendra

मंगलसेन नगरपालिकाले आम नागरिकका लागी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको नम्बर तथा इमेल ठेगाना उपलब्ध गराएको छ ।

Samajik New Add 2082

नगरपालिका र वडाबाट सेवा लिन तथा गुनासो पोख्न तथा सुन्न नगर प्रमुख, उप प्रमुख वडा अध्यक्ष र वडा सचिवको नम्बर तथा इमेल ठेगाना उपलब्ध गराएको हो ।

Saud Agro Kailash

सामाजिक सञ्जाल फेसबुक मार्फत नगरपालिकाले जनप्रतिनिधि र वडा सचिवको टेलिफोन नम्बर र इमेल ठेगाना सार्वजनिक गर्दै सार्वजनिक कामका लागी सम्पर्क गर्न आग्रह गरेको छ ।

वडा कार्यालय देखी नगरपालिकाबाट बिभिन्न सेवा तथा सुविधा लिन पुरा गर्नुपर्ने प्रक्रियाबारे जानकारी लिन र कुनै पनि गुनासो भएमा वडा अध्यक्ष,वडा सचिव र नगर प्रमुख तथा उप प्रमुखलाई सहजै सम्पर्क गर्न सकिने नगरपालिकाका सूचना अधिकारी विष्णु प्रसाद जैसीले बताएका छन् ।

बिभिन्न सेवा तथा सुविधा लिँदा आवश्यक पर्ने प्रक्रियाबारे जानकारीको अभावमा नागरिकले सास्ती भोग्दै आएकोमा अव कार्यालय आउनु पूर्व नै आवश्यक प्रक्रियाबारे सहजै जानकारी लिन तथा गुनासो गर्न पाइने भएपछि नागरिकलाई सार्वजनिक सेवामा सहज हुने सूचना अधिकारी जैसीको विश्वास रहेको छ ।

नगरपालिकाले सार्वजनिक गरेको टेलिफोन तथा सम्पर्क नम्बर :-

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.