मंगलसेन नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सुरु

Kirci Gyan Kendra

१५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि मंगलसेन नगरपालिका स्तरिय छनोट प्रतियोगिता शोडषा माध्यमिक विद्यालयमा आजबाट सुरु भएको छ । शोडषा माध्यमिक विद्यालयका प्राचार्य मदन बहादुर कुवरको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा नगरपालिका कार्यवाहक नग रप्रमुख बृख बहादुर बोगटी प्रमुख अतिथि रहनु भएको थियो ।

Samajik New Add 2082
Saud Agro Kailash

प्रमुख अतिथि बोगटीले खेलकुदले हरेकलाई चिनाउने भएकाले खेलाडीलाई लगनशील भएर खेलप्रति प्रतिबद्ध भएर लाग्न आग्रह गर्नु भयो ।

जिल्ला खेलकुद विकास समिति अछामका अध्यक्ष केशर खडका बिशिस्ट अतिथि रहनु भएको कार्यक्रममा शिक्षा बिकास तथा समन्वय ईकाई अछामका निमित्त प्रमुख मदन बिष्ट, मंगलसेन नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख जगत बहादुर रावल लगाएतका अतिथि रहनु भएको थियो ।

छनोट प्रतियोगितामा एथ्लेटिक्स तर्फ छात्र र छात्रा १००, २००,४००,८००,१०००, १५०० र ३००० दौड, छात्र र छात्रा रिले दौड, ज्यावलिङ्ग थ्रो तर्फ छात्र र छात्रा सर्ट फुट, हाईजम्प, लंगजम्प, त्रिपल जम्प र छात्र र छात्रा भलिबल छनोट प्रतियोगिता हुनेछ । नगरका ११ विद्यालयले प्रतियोगितामा सहभागीता जनाएका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख जगत बहादुर रावलले जानकारी दिनु भयो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.