मंगलसेन न.पा. १, २ र १३ का लागि सामाजिक सुरक्षा तथा व्यक्तिगत घट्ना दर्ता सम्वन्धि अभिमुखिकरण गराईयो

Kirci Gyan Kendra

सामाजिक सुरक्षा तथा व्यक्तिगत घट्ना दर्ता प्रणाली सुदृढीकरण आयोजना सम्वन्धि अभिमुखिकरण कार्यक्रम मंगलसेनमा सम्पन्न भएको छ । वडानम्वर १, २ र १३ का जनप्रतिनिधि, वडा सचिव र कर्मचारीका लागि मंगलसेन नगरपालिका, सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा सेवा इकाईको आयोजनामा कार्यक्रम गरिएको हो ।

Samajik New Add 2082

वडानम्वर १ का अध्यक्ष लोकराज नाथको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा ३ वटै वडाका जनप्रतिनिधि, वडा सचिव र कर्मचारीहरुको सहभागीता रहेको थियो । अभिमुखिकरण कार्यक्रममा सामाजिक सुरक्षा तथा व्यक्तिगत घट्ना दर्ता प्रणालीको बारेमा जानकारी गराईनुका साथै कानूनी व्यावस्था र अनलाईन घट्ना दर्ता प्रणालीबारे सहभागीलाई जानकारी गराईएको थियो ।

Saud Agro Kailash

अभिमुखिकरण कार्यक्रममा वडानम्वर १३ का अध्यक्ष हिक्मत बोगटी अतिथि रहनुभएको थियो । वडानम्वर १३ का सचिव लालसिंह खनाल, १ का सचिव दिपक भण्डारी लगायत वडा सदस्यहरु र कर्मचारीको सहभागीता रहेको थियो । नगरपालिकाका एम आई एस अपरेटर एकेन्द्र बहादुर बोगटीले सहजिकरण गर्नुभएको अभिमुखिकरण कार्यक्रमको सञ्चालन एम आई एस अपरेटर होम बहादुर साउदले गर्नुभएको एम आई एस फिल्ड सहायक दिल बहादुर केसीले जानकारी दिनुभयो ।

केही तस्बिरहरुः

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.