विनोद शाही हत्या प्रकरण : आज र भोलि पाँच दलद्धारा अछाम भरी सवारी साधन बन्दको घोषणा

Kirci Gyan Kendra

कालिकास्थानका विनोद शाहीको हत्यामा संलग्नलाई महिना बित्दापनि पक्राउ गरेर अनुसन्धान नभएको भन्दै अछामका पाँच दलले दुई दिन सवारी साधन बन्द गर्ने भएका छन् । अछामस्थित नेकपा (एमाले), नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा र विप्लव नेतृत्वको नेकपाले संयुक्त शनिबार प्रेस विज्ञप्ति जारी गरेर असार १९ र २० गते सम्पपूर्ण सवारी साधन बन्द गर्ने भएका हुन् ।

Samajik New Add 2082

जिल्लाभित्र र जिल्ला बाहिर चल्नै सरकारी र नीनि दुवै प्रकारका सवारी साधन बन्द गर्ने दलले जानकारी दिएका छन् ।
किटानी जाहेरी गरिएका व्यक्तिलाई हिरासतमा लिई अनुसन्धान नहुनुले हत्याराले सत्ता र शक्तिको सत्ताको आडमा उन्मुक्ति नपाउन भन्नका लागि सवारी साधन बन्द गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

स्वतन्त्रपूर्वक निष्पक्ष रुपमा सत्य तथ्यको आधारमा दोषि नउम्किन र निर्दोश नफसेर पीडित परिवारलाई न्याय दिलाउन दुई दिने बन्द गरिएको बताइएको छ । यातायात बन्द हुँदा पर्ने असुविधाप्रति सचेत भएपनि पीडित परिवारको न्याय र हत्यारालाई कानुनी कठघरमा उभ्याउन दवाव स्वरुप दुई दिने बन्द गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Saud Agro Kailash

बालकको हत्यामा संलग्न भएको आरोपमा पीडित पक्षले पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख अम्बिका चलाउने, जिसस उपप्रमुख दानमती शाही, पूर्ववडा अध्यक्ष सज्जनबहादुर शाहीलगायत १३ जना विरुद्धमा किटानी जाहेरी दिएको छ । झण्डै एक महिनासम्म कर्तव्य ज्यान मुद्धाका व्यक्तिलाई सत्ताको आडमा पक्राउ नगरी संरक्षण गरिरहेको पीडित पक्षको भनाइ छ ।

किटानी जाहेरीमा नाम भएका सबै व्यक्तिलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याउनका लागि पीडित पक्षले माग गरिरहेको छ । यता अछाम प्रहरीले घटनाको अनुसन्धान जारी रहेको बताउँदै आएको छ । तर जेठ २४ गते पक्राउ परेका पाँच जना बाहेकमा प्रहरीको अनुसन्धानले प्रगाति नगरेकोमा जिल्लामा चर्चा हुन थालेको छ ।

जेठ १७ गते घरबाट वेपत्ता भएका १६ वर्षीय विनोद शाही २१ गते शनिबार बिहान पञ्चदेवल क्याम्पस नजिकको सडक भन्दा तलको जंगलको खोचमा मृत अवस्थामा भेटिएका थिए । जेठ १७ गते बेलुकी प्रहरीले गाउँमा गएर लछारपछार गर्न थालेपछि विनोद वेपत्ता भएको पीडित पक्षको दाबी रहेको छ ।

प्रहरीले किटानी जाहेरी लिएपछि जेठ २५ गते मात्र शव घटनास्थलबाट उठाएर पछिल्लो दिन पोष्टमार्टम गरिएको थियो । घटनास्थलका बारेमा सिआइबीले समेत अनुसन्धान गरिरहेको भनिएपनि पावरको आधारमा आफूले न्याय नपाउने मृतकका परिवारको भनाइ छ । किटानी जाहेरी दिएका व्यक्तिलाई नियन्त्रणमा लिएर छानविन गर्न माग गर्दै पीडित पक्ष र पञ्चदेवल विनायक नगरपालिकास्थित राजनीतिक दल, अगुवाहरुले पटक पटक आन्दोलन गर्दै आइरहेका छन् ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.