तत्काल निजामती ऐन ल्याउन अछामका तिन कर्मचारी संगठनको संयुक्त ज्ञापनपत्र

अछाममा निजामती कर्मचारीसम्बद्ध तिन संगठनले तत्काल निजामती सेवा ऐन ल्याउन सरकारसँग माग गरेका छन् ।

Samajik New Add 2082

नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष बिष्णु प्रसाद जैशी, नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति अछामका अध्यक्ष झपटराज ढुंगाना र नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती)का प्रतिनिधि झपट बहादुर थापाले अछामका प्रमुख जिल्ला अधिकारी बिश्वराज मरासिनी मार्फत संयुक्त रूपमा ज्ञापन पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवार लाइ बुझाएका हुन । उनीहरूले चालू संसद् अधिवेशनबाटै ऐन जारी गर्न माग गरेका छन् । नभए आन्दोलनको चेतावनीसमेत उनीहरूले दिएका छन् । देशभर ज्ञापनपत्र बुझाउने कार्यक्रम अनुरुप अछाममा पनि कर्मचारी संगठन हरुले ज्ञापनपत्र बुझाएका थिए ।

लामो समयसम्म पनि संघीय शासन प्रणालीको कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहको कर्मचारी प्रशासन, व्यवस्थापन तथा मार्गदर्शन गर्ने छाता कानुनको रूपमा रहेको संघीय निजामती सेवा ऐन जारी हुन नसक्दा मुलुकको सार्वजनिक प्रशासन अन्योल र अस्थिरताको भुमरीमा फसेको संयुक्त विज्ञप्तिमा उल्लेख छ । सार्वजनिक सेवा प्रवाहको प्रमुख माध्यमको रूपमा देशको निजामती सेवालाई व्यवस्थापन गर्ने विषय सरकारको प्राथमिकतामा पर्न नसक्नु चिन्ताको विषय भएको जनाइएको छ ।

  उक्त कार्यक्रममा जिल्ला प्रशासन कार्यालय अछामका प्रमुख प्रशासकीय दिपेश रिजाल ,नेपाल प्रेस युनियनका सचिव सुशील भण्डारी ,निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन अछामका अध्यक्ष गोविन्द  गिरि ,नेपाल निजामती कर्मचारी युनियन अछामका उपाध्यक्ष बिष्णु प्रसाद उपाध्याय ,नेपाल निजामती कर्मचारी संगठन अछामका सचिव झनक अधिकारी , नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) का होम साउदको उपस्तिथि रहेको थियोे ।

Leave A Reply

Your email address will not be published.