मंगलसेन नगरपालिकाले भन्यो : अनियमित कर्मचारीलाई हाँजिर गर्न नदिनु

मंगलसेन नगरपालिकाले नगरपालिकाको कार्यालय,आधारभुत स्वास्थ्य सेवा केन्द्र,स्वास्थ्य चौकी र वडा कार्यालयमा कार्यरत अस्थाई तथा करारका कर्मचारीहरुलाई साउन १ गतेबाट सम्बन्धित कार्यालयमा हाँजिरी गर्न नदिन मतहतका निकायलाई निर्देशन दिएको छ ।

Samajik New Add 2082

विभिन्न कार्यालयमा कार्यरत उक्त कर्मचारीहरुको करार अवधि समाप्त भएकाले साउन १ गतेबाट म्याद नथप्ने निर्णय गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत खकेन्द्र बहादुर सोडारीले जानकारी दिए ।

शुक्रबार एक सुचना जारी गर्दै नगरपालिकाले अर्को ब्यवस्था नभएसम्मका लागी काममा नफर्किन अनुरोध गरिएको उहाँको भनाई छ । नगरपालिकाले विभिन्न कारण देखाउँदै अस्थाई,करार र ज्यालादारी कर्मचारीहरुको करार अवधि थप नगर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

कार्यालय लाई बिना जानकारी बिदामा बस्ने गरेको,नियमित रुपमा कार्यालयमा उपस्थिति नभएको,कार्यालय पोशाक प्रयोग नगरेको,कार्यालयको गोपनियत भंग गरेको,माथिल्लो तहका कर्मचारीहरुको आज्ञा पालना नगरेको,कार्यालयको कामलाई प्राथमिकता नदिएको,कार्यालयको विरुद्धमा सामाजिक सञ्जालमा अनावश्यक टिका टिप्पणीहरु गर्ने गरेको र कार्यरत पदको आवश्यकता र औचित्य नदेखिएको भन्दै उनिहरुको करार अवधि नपथिएको नगरपालिकाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.