अछाममा हिसांका घटना बढदै : OCMC मार्फत प्रदान भएका सेवाको बार्षिक समीक्षा सम्पन्न

Kirci Gyan Kendra

अस्पतालमा आधारित एकद्वार संकट ब्यबस्थापन केन्द्र (OCMC) मार्फत आ.ब. २०७८/०७९ को बार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । समिक्षा कार्यक्रममा अछाममा गत आर्थिक बर्ष भन्दा यसबर्ष हिसांका घटना बढेका तथ्यांकले देखाएको छ ।

बढी जसो १५ देखि ४९ बर्ष भित्रका उमेर महिलाले हिंसा खेपिरहेका तथ्यांकले देखाएको छ । यसबर्ष जिल्लाका १० वटै पालिकाबाट बालबालिका र महिला पुरुष गरि ३०१ जनाले OCMC मार्फत सेवा लिएका एकद्वार संकट ब्यबस्थापन केन्द्र (OCMC) सम्पर्क ब्यक्ति गंगा बुढामगरले बताउनु भयो ।

Samajik New Add 2082

सदरमुकाम रहेको मंगलसेन नगरपालिकाका सेवाग्राहीले धेरै सेवा लिए अन्य पालिकाको संख्या न्यून रहेको बताउनु भयो । बिशेष गरि मानसिक समस्या, कुटपिट लगाएतका समस्या लिएर धेरै आउने गरेका बुढाले जानकारी दिनु भयो ।

समितिका संयोजक प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति अछामका प्रमुख ललित कुवरले हरेक घटना घरभित्रै बाट सिर्जना हुने भएकोले यसलाई शुन्यमा झार्न सबै प्रतिबद्ध भएर लाग्नु पर्ने बताउनु भयो । हिसामा परेका नागरिकलाई सेवा दिन तल्लिन रहेका OCMC, सुरक्षित आवास गृह, महिला सेल, न्यायिक समितिसँग समन्वय गर्दै आगामी दिनमा अझै प्रभावकारी सेवा प्रवाहमा सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।

Saud Agro Kailash

कार्यक्रममा मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले समय अनुसार समाज परिवर्तन हुदै गएकाले क्रमिक रुपमा हिंसा न्युनिकरण हुँदै जाने बताए । अझै पनि सेवा दिनका लागि स्राेतको अभाब कायम रहेकाले आगामी दिनमा १० वटै पालिकासँग समन्वय गर्दै ब्यबस्थित गर्दै जाने बताए ।

मंगलसेन नगरपालिका उपप्रमुख संगिता कुमारी रावलले हरेक ब्यक्ति ब्यक्तिबाट हिंसा गर्दैन भन्ने प्रतिबद्धता आउनुपर्नेमा जोड दिदै आगामी दिनमा न्यायिक समितिबाट प्रदान हुने सेवा अझै सहज सरल पार्दै जाने बताउनु भयो ।

यस्तै कार्यक्रममा जिल्ला अस्पताल ब्यबस्थापन समिति अध्यक्ष शिव बहादुर बोगटीले पिडितलाई पुर्नस्थापनका लागि हरेकले मा ध्यान दिनुपर्नेमा जोड दिनु भयो भने पत्रकार महासंघ अछामका सल्लाहकार संयोजक शिवराज ढुंगानाले आगामी दिनमा सेवा प्रभावकारी बनाउदै लैजानका लागि सबै क्षेत्रबाट सहयोगको आवश्यकता रहेको बताउनु भयो ।

जिल्ला स्थित सरोकारवालाको सहभागीता रहेको कार्यक्रमको संचालन जिल्ला अस्पतालका सिनियर अनमी शुसिला ढुंगानाले गर्नु भएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.