भारत र चीनसँगको सम्बन्ध घनिष्ट र सन्तुलित हुन्छ : नवनियुक्त परराष्ट्रमन्त्री

Kirci Gyan Kendra

नवनियुक्त परराष्ट्रमन्त्री डा.नारायण खड्काले आफ्नो कार्यकालमा भारत र चीनसँगको सम्बन्ध सुमधुर, घनिष्ट र सन्तुलित हुने बताएका छन् । बुधबार नियुक्तिलगत्तै सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पदभार ग्रहणपछि  सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले छिमेकी मुलुक भारत र चीनबीचको सम्बन्ध अत्यन्तै सुमधुर, घनिष्ठ, मैत्रीपूर्ण र सन्तुलित हुने बताएका हुन् । उनले परराष्ट्र नीति कुनै दल विशेषको नहुने पनि बताए ।

Samajik New Add 2082

राष्ट्रिय सहमतिका साथ अघि बढने प्रतिबद्धता समेत व्यक्त गरेका उनले राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र सम्बन्धलाई अघि बढाउन आफू केन्द्रीत हुने दावी गरे । ‘भारत र चीनसँगको सम्बन्ध अत्यन्तै सुमधुर, घनिष्ठ, मैत्रीपूर्ण र सन्तुलित हुनेछ’, मन्त्री खड्काले भने, ‘हाम्रो अन्तराष्ट्रिय सम्बन्धलाई सन्तुलन कायम गर्दै राष्ट्रिय हितलाई अगाडि बढाउन राष्ट्रिय सहमतिलाई समेत ध्यानमा राखेर परामर्श गरेर समस्या समाधान गर्न  मेरो ध्यान केन्द्रित हुनेछ ।’

Saud Agro Kailash

त्यसैगरी परराष्ट्र मन्त्रालयलाई गतिशील, आधुनिक प्रविधियुक्त मन्त्रालयको रुपमा अगाडि बढाउने आफ्नो प्राथमिकता रहेको मन्त्री खड्काले बताए । मन्त्री खड्काले एमसीसी लगायतका जल्दाबल्दा समस्या समाधानका लागि राष्ट्रिय सहमति कायम गर्दै त्यसका तथ्यगत र मिथ्यागत कुरालाई ध्यानमा दिएर राष्ट्रिय हित अनुकूलका कामलाई मात्रै अघि बढाउने पनि स्पष्ट पारे ।

‘एमसीसीबारे अध्ययन गरेर तथ्यगत, मिथ्यागत कुराहरुलाई पनि ध्यान दिएर राष्ट्रिय हितमा प्रवद्र्धन गर्दा नेपालको सार्वभौमिकता, राष्ट्रिय अखण्डता, सुरक्षा र हाम्रो आर्थिक हितलाई प्रवद्र्धन गर्न सकिन्छ त्यो हामीले छिमेकी राष्ट्रहरूसँग घनिष्ट र सन्तुलित सम्बन्ध कायम गर्दै अगाडि बढने भन्नेमा ध्यान दिन्छौ’,मन्त्री खड्काको भनाइ छ ।

मन्त्री खड्काले संयुक्त राष्ट्रसंघको महासभामा एमसीसीबारे छलफल नहुने पनि स्पष्ट पारे । उनले त्यस अवसरमा विश्वको विभिन्न देशका परराष्ट्रमन्त्रीहरूसँग द्धिपक्षीय हितका विषयमा छलफल हुने भन्दै आफू संयुक्त राष्ट्र संघको महासभाको बैठकमा भाग लिएर आएपछि विभिन्न देशमा राजदूत नियुक्तिको प्रक्रिया अघि बढाउने जानकारी दिए ।

 

-Ratopati

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.