सहिद प्रज्वलको स्मृतिमा बृक्षारोपण कार्यक्रम सम्पन्न

Kirci Gyan Kendra

कात्यानी माध्यामीक विद्यालय हात्तिबाझमा वृक्षारोपण गरिएको छ । सम्पन्न भएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) अछामको आयोजनामा एकीकृत जनक्रान्तिका महान सहिद प्रज्वलको स्मृतिमा बृक्षारोपण कार्यक्रम गरिएको बताईएको छ ।

Samajik New Add 2082
Saud Agro Kailash

नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचीव मिना धामीको नेतृत्वको टोलीले प्रज्वलको सम्झनामा विद्यालय सेवा क्षेत्र भित्र विभिन्न प्रजातिका झण्डै १०० बोटविरुवा रोपेको हो ।

बृक्षारोपण कार्यक्रममा जिल्ला सचिव धामी सहित सचिवालय सदस्य निरक शाही, तपेन्द्र शाही, अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष दीपेन्द्र जैगडी, सचिव एकेन्द्र बि.क., पार्टी सदस्य एम.बि.चलाउने लगाएत नेता कार्यकर्ता, अखिल क्रान्तिकारीका सदस्य, शिक्षक, अभिभावकको उपस्थिति रहेको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.