नमुना किशोर किशोरी मैत्री सुचना केन्द्रलाई थप ब्यवस्थित बनाउछौँ : कमलबजारका सरोकारवाला

Kirci Gyan Kendra

अछाम : कमलबजार नगरपालिका वडा न ९ मा रहेको चक्रेश्वरी मावि घेगडका सरोकारवालाले विद्यालयमा स्थापना भएको किशोर किशोरी मैत्री सुचना केन्द्रलाई थप ब्यवस्थित बनाएर लैजाने प्रतिबद्धता जनाएका छन । यो सुचना केन्द्रले विद्यालयका किशोर किशोरीहरुलाई निकै फाईदा पुगेकाले आगामी दिनमा थप राम्रो बनाएर लैजाने प्रतिबद्धता जनाएका हुन ।

Samajik New Add 2082

यो सुचना केन्द्रबाट किशोर किशोरीहरुले धेरै कुरामा जानकारी पाएको र किशोरीहरुलाई थप सहज भएको विद्यालयका सरोकारवालाको भनाई थियो । सामाजिक उत्तरदायित्वका लागि अन्र्तकृया कार्यक्रममा सहभागि विद्यार्थिहरुले पहिले अहिले आफुहरुमा धेरै कुरामा परिवर्तन आएको भन्दै यो सुचना केन्द्रको महत्व र आवश्यक्ताको बारेमा सबैलाई बुझाउन जरुरीरहेको बताएका छन ।

किशोरअवस्था निकै संवेदनशिल अवस्था भएकाले यो बेला किशोर किशोरीले सहि शिक्षा पाएमा आफ्नो जिबनलाई सहीबाटो तर्फ लिन सक्ने भएकाले यो शिक्षा अहिलेको आवश्यक्ता भएको कार्यक्रममा सहभागिा विद्यार्थिहरुको भनाई थियो । पहिले आफुहरुलाई यो किन र के का लागि स्थापना भएको हो हामीलाई केहीपनी थाहा थिएन अहिले भने बुझ्दै जादा यसबारे बिस्तृत कुराको जानकारी पाउदा निकै खुसी लागेको कक्षा १० की छात्रा ममता बजगाईले बताईन ।

पहिले विद्यालयमा खानेपानी र शौचालयको निकै सम्स्या थियो अहिले विद्यालय बाटै प्याड समेत पाउन थालेपछि यसले थप सहजता ल्याउनुका साथै आफु जस्ता किशोरीहरुका ठुलो फाईदा भएको उहाको भनाई छ । पहिले विद्यालयमा महिनावारी हुदा घर जानुपर्ने बाध्यता थियो अहिले भने विद्यालयमै सेनेटरी प्याड र प्याड प्रयोग गर्ने कोठाको समेत ब्यवस्था भएकाले आफुजस्ता धेरै किशोरीहरुलाई निकै फाईदा भएको बजगाईको भनाई थियो ।

Saud Agro Kailash

आफ्नो विद्यालयमा अहिले पनि यौन शिक्षाको बारेमा खुलेर बहस गर्ने बानीको विकास कसैमापनि नभएकाले आगामी दिनमा योन शिक्षाका बारेमा खुलेर बहस गर्ने परिपाटिको विकास गर्नुपर्नेमा सरोकारवालाको जोड थियो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दुर्गा प्रसाद बजगाईको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै वडा अध्यक्ष कमल प्रसाद बजगाईले विद्यालयमा स्थापना भएको किशोर किशोरी मैत्री सुचना केन्द्रले यस विद्यालयका किशोर किशोरीलाई निकै फाईदा पुगेको भन्दै यसको उचित ब्यवस्थापनका लाथि थप सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । भवन अभावको कारणले यो सुचना केन्द्रलाई प्रभावकारी तरिकाले ब्यवस्थापन गर्न नसकेकाले नगरपालिकामा भवनको लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको थियो भने विद्यालयको समग्र विकासका लागि आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ ।

कार्यक्रममा विद्यार्थिहरुले सोधेका प्रश्नको जवाफ दिदै विद्यालयका प्रधानाध्यापक कासीराम बजगाईले विद्यालयमा शिक्षकको अभावले विद्यालयमा स्वास्थ्य तथा जनसंख्या बिषय पढाई नहुन नसकेको भन्दै दशै तिहार लगत्तै विद्यालयमा यो विषयलाई निरन्तरता दिईने बताउनुभयो । किशोर किशोरी मैत्री कक्ष स्थापना हुदा विद्यालयमा निकै राम्रो प्रभाव परेकाले यसलाई थप ब्यवस्थित बनाएर लिनका लागि वडा सरकार र पालिका सरकार संग थप समन्वय गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।

कार्यक्रममा बोल्दै पुर्व विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा अभिभावक ईन्द्र बहादुर रावतले विद्यालयमा आफ्नो कार्यकालमै यो किशोर किशोरी मैत्री कक्ष स्थापना भएकाले यो सुचना केन्द्र बाट विद्यार्थिलाई निकै ठुलो फाईदा पुगेको बताउनु भएको थियो । पहिले यौनका कुरा गर्ने विद्यार्थिहरु आजभोली खुलेर बहस गर्न सक्ने भएका पुर्व अध्यक्ष रावतले बताउनुभयो ।

आगामी दिनमा यसलाई थप राम्रो बनाएर लैजाने कुरामा आफ्नो तर्फबाट पनि साथ र सहयोग रहने प्रतिबद्धता जनाउनुभएको छ । कार्यक्रममा सहभागि अन्य अभिभावकहरुले विद्यालयको समग्र विकासका लागि आ आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धद्धा जनाएका थिए ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.