कोरोना बीमाको १ अर्ब ८१ करोड रकम बाँडिदै, कसले पाउँछन् पहिला ?

Kirci Gyan Kendra

कोरोना बीमा बापतको भुक्तानी हुन बाँकी रकममध्ये १ अर्ब ८१ करोड रुपैयाँ भुक्तानी हुने भएको छ । सरकारले दिएको १ अर्ब रुपैयाँ र बीमा समिति, नेपाल पुनर्बीमा कम्पनी तथा निर्जीबन बीमा व्यवसाय गर्ने कम्पनीहरुले हालेको ८१ करोड रुपैयाँ जम्मा गरेर १ अर्ब ८१ करोड रुपैयाँ दाबी भुक्तानी गर्न लागिएको हो ।

Samajik New Add 2082

सरकारले दिएको १ अर्ब रुपैयाँलाई ५५ प्रतिशत मानेर थप ४५ प्रतिशत रकम बीमा समिति, पुनर्बीमा कम्पनी र निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुबाट जुटाइएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । समितिले पहिला नै अर्थमन्त्रालयमा पठाएको प्रस्ताव अनुसार सरकारले दिएको रकमलाई ५५ प्रतिशत मानिएको उनको भनाइ छ ।

‘कोरोना बीमाको दाबी भुक्तानीमा समस्या भइरहेको थियो, कसरी भुक्तानी गर्ने भन्ने विभिन्न विकल्पमध्येमा सरकारले ५५ प्रतिशत रकम दिने र बाँकी ४५ प्रतिशत रकम बीमा समिति, पुनर्बीमा कम्पनी र निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुबाट जुटाउने भन्ने एउटा विकल्प हामीले विगतमा नै सरकारलाई बुझाएका थियौँ, सरकारले दिएको १ अर्ब रुपैयाँलाई ५५ प्रतिशत मान्दा भुक्तानी दिइने रकम बढी हुने भएकोले सोही अनुसार गरौँ भन्ने भयो, त्यसरी सबैले रकम दिँदा १ अर्ब ८१ करोड रुपैयाँ जति हुँदो रहेछ,’ कार्यकारी निर्देशक पौडेलले रातोपाटीसँग भने ।

बीमा समितिले तयार पारेको विकल्प अनुसार सरकारले दिएको १ अर्ब रुपैयाँ भनेको ५५ प्रतिशत हो । यसमा बीमा समितिले ८ प्रतिशत अर्थात १४ करोड ५४ लाख रुपैयाँ दिनेछ । यस्तै, पुनर्बीमा कम्पनीले १२ प्रतिशतले हुन आउने रकम २१ करोड ८१ लाख रुपैयाँ दिनेछ भने अहिले संचालनमा रहेका २० वटा निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुले २५ प्रतिशतले हुन आउने रकम ४५ करोड ४५ लाख रुपैयाँ जम्मा गर्नेछन् । एउटा बीमा कम्पनीले करिब २ करोड २७ लाख रुपैयाँ दिनुपर्ने भएको छ ।

कसले पहिला पाउँछन् ?

Saud Agro Kailash

कोरोना बीमाको दाबी भुक्तानीको लागि पर्याप्त रकम नभएकोले अहिले पनि सबैलाई भुक्तानी गर्न पुग्दैन । यसैकारण कसलाई पहिला रकम दिने भन्ने योजना बीमा समितिले बनाएको छ । समितिको संचालक समितिले नै कसलाई पहिला दिने भन्ने आधार तपार पारेको छ ।

समितिका अनुसार सरकारी कर्मचारी र संस्थागत रुपमा प्रिमियम बुझाउनेहरुले पहिलो चरणमा कोरोना बीमाको दाबी रकम पाउने छैनन् । व्यक्तिगत रुपमा कोरोना बीमा गरेका व्यक्तिहरुले पीसीआर गरेको मितिका आधारमा दाबी भुक्तानी रकम दिइने कार्यकारी निर्देशक पौडेलले जानकारी दिए ।

‘कुनै संस्था वा रोजगारदाताले कोरोना बीमाको प्रिमियम बुझाएको छ भने त्यस्ता बिमितले पहिलो चरणमा दाबी रकम पाउँदैनन्, सरकारी कर्मचारीले पनि पहिलो चरणमा दाबी भुक्तानी पाउँदैनन्, व्यक्तिगत रुपमा बीमा गराएका व्यक्तिहरुले जसको पहिला पीसीआर गरेको प्रमाण छ, सोही मितिका आधारमा प्राथमिकता तय गरेर भुक्तानी गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छौँ, संस्थाले बीमा गराएका, रोजगारदाताले बीमा गराएका र सरकारी कर्मचारीले अर्काे चरणमा दाबी भुक्तानी पाउँछन्,’ कार्यकारी निर्देशक पौडेलले भने ।

कसले कति भुक्तानी गरे अहिलेसम्म ?

कोरोना पोजेटिभ भएको पीसीआर रिपोर्ट देखाएको आधारमा भुक्तानी पाउने गरी गरिएको कोरोना बीमाको दाबी भुक्तानी रकम ११ अर्ब रुपैयाँभन्दा बढी बाँकी छ । तर, यसअघि नै बीमा कम्पनी, पुनर्बीमा कम्पनी तथा बीमा समितिले केही रकम दिएर कोरोना बीमाको दाबी रकम भुक्तानी भने भएको छ ।

कोरोना बीमाको प्रिमियम १ अर्ब रुपैयाँ उठेको थियो । बीमा कम्पनीहरुले संकलन गरेको सो प्रिमियम कोरोना संक्रमण पुष्टी भएका बिमितलाई भुक्तानी गरिसकिएको छ । यस्तै, बीमा कम्पनीहरुले आफ्नो महाविपत्ति कोषबाट ५० करोड रुपैयाँ, पुनर्बीमा कम्पनीले १ अर्ब रुपैयाँ र बीमा समितिले १ अर्ब रुपैयाँ दिएर कोरोना बीमाको दाबी रकम यसअघि नै भुक्तानी गरिसकिएको छ ।

-ratopati

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.