धनगढी: कैलालीको धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा सिटीस्क्यान सेवा सुरु भएको छ ।

अस्पतालमा आजदेखि मेशिन जडान भएर सेवा सुरु भएको हो । प्रदेश सरकारको विनियोजन बजेटबाट अस्पतालमा मेशिन जडान गरिएको थियो ।सेतीमा सिटीस्क्यान सेवा नहुँदा बिरामीलाई महँगो शुल्क तिरेर निजी अस्पतालहरूमा जानुपर्ने बाध्यता थियो ।
मस्तिष्कघात लगायत मस्तिष्क भित्रका अन्य चोट, नशामा रगत जमेको, घाँटीको समस्या, हड्डीको समस्या, पेटको समस्यालगायत सबै प्रकारका जटिल रोगको निदानमा सिटीस्क्यान मेसिन उपयोगी हुने गर्छ ।