सेती प्रादेशिक अस्पताल धनगढीमा सिटीस्क्यान सेवा सुरु

धनगढी: कैलालीको धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा सिटीस्क्यान सेवा सुरु भएको छ ।

Samajik New Add 2082

अस्पतालमा आजदेखि मेशिन जडान भएर सेवा सुरु भएको हो । प्रदेश सरकारको विनियोजन बजेटबाट अस्पतालमा मेशिन जडान गरिएको थियो ।सेतीमा सिटीस्क्यान सेवा नहुँदा बिरामीलाई महँगो शुल्क तिरेर निजी अस्पतालहरूमा जानुपर्ने बाध्यता थियो ।

मस्तिष्कघात लगायत मस्तिष्क भित्रका अन्य चोट, नशामा रगत जमेको, घाँटीको समस्या, हड्डीको समस्या, पेटको समस्यालगायत सबै प्रकारका जटिल रोगको निदानमा सिटीस्क्यान मेसिन उपयोगी हुने गर्छ ।

मंहगो मुल्य तिरेर निजि अस्पतालमा उपचार गराउनु पर्नाले सर्बसाधारणलाई उपचार गर्नमा समेत सास्ति भैरहेकोमा अब मेसिन जडान पछि निकै राहत हुने अपेक्षा गरिएको छ । अव सर्वसाधारण तथा कमजोर परिस्थिति भएका नागरिकहरुलाई सिटिस्क्यान सम्वन्धि सजिलै उपचार गर्न सकिने अस्पताल व्यवस्थापन समितिका सदस्य डिल्ली राज भट्टले जानकारी दिनुभयो  । युवा व्यवशायी भट्ट अस्पताल ब्यवस्थापन र सेवा ग्राहिका समस्या समाधानमा निरन्तर सक्रिय हुनुहुन्छ ।
Leave A Reply

Your email address will not be published.