सन्दीप २० लाख रुपैयाँ धराैटी बुझाएर कारागारबाट रिहा

काठमाण्डाै : बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने २० लाख रुपैयाँ धराैटी बुझाएर केन्द्रीय कारागार सुन्धाराबाट रिहा भएका छन् । लामिछाने केहीबेरअघि रिहा भएका उनका कानुन व्यवसायी सराेज घिमिरेले जानकारी दिनुभयाे ।

Samajik New Add 2082

हिजाे बिहीवार उच्च अदालत पाटनका न्यायाधीशद्वय रमेश ढकाल र ध्रुवराज नन्दको इजालसले सन्दीपलाई २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा गर्न आदेश दिएको थियो । लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाण्डाैकाे आदेश बदर गर्दै उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको हो । लामिछाने तीन महिना नौ दिन कारागारमा बसेर रिहा भएका हुन् ।

पाटन उच्च अदालतका रजिस्ट्रार ठगिन्द्र कट्टेलका अनुसार लामिछाने काठमाण्डाै उपत्यकाबाहिर जाँदा जिल्ला प्रहरी कार्यालय काठमाण्डाैकाे अनुमति लिनुपर्नेछ भने पीडित परिवारलाई कुनै पनि माध्यमबाट सम्पर्क गर्न, डर, त्रास वा धम्की दिन नपाउने गरी थुनामुक्त गरिएको हो ।

Leave A Reply

Your email address will not be published.