कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगले संगठित गर्नु जरुरी : मोहन वैद्य

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादीका) महासचिव मोहन वैद्यले कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगले संगठति गर्न जरुरी रहेको बताएका छन् ।

Samajik New Add 2082

शनिवार काठमाडौंमा इन्द्रमोहन सिग्देलद्वारा लिखित विचारधारात्मक संघर्ष पुस्तकको परिचर्चा कार्यक्रममा महासचिव वैद्यले कम्युनिष्ट आन्दोलन कमजोर हुँदै गएको अवस्थामा यसलाई नयाँ ढंगले संगठति गर्न जरुरी रहेको बताएका हुन् ।

उनले कठिन संघर्षकाबीचबाट कम्युनिष्ट आन्दोलनलाई कसरी अघि बढाउने भन्नेबारेमा गम्भीरतापूर्वक सोच्नु बेला आएको पनि धारणा राखे । उनले कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन विभिन्न शक्तिसँग एकताको कुरा भएपनि विप्लव नेकपा भने एकताबाट पछि हटेको जिकिर गरे ।

नेकपा क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य समेत रहनुभएका सिग्देलद्वारा लिखित पुस्तकमा पछिल्लो अवधिमा लेखिएका तीन दर्जन जति आलेखहरूलाई विचार, राजनीति, अर्थ राजनीति, सङ्गठन, राष्ट्रिय स्वाधीनता, अन्तर्राष्ट्रिय तथा विविध जस्ता भागहरूमा वर्गीकरण गरी समावेश गरिएको छ ।

Leave A Reply

Your email address will not be published.