तुर्माखाँदमा पालिका स्तरीय छनोट प्रतियोगिता सुरु : १३ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुदा तुर्माखाँदमा हुदै
तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बर बिसीले आगामी अछाम जिल्ला स्तरीय १३ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता तुर्माखाँदमा हुने जानकारी दिएका छन । बुधबार अछामको तुर्माखाँद स्थित कालिकेश्वरी माविको खेल मैदानमा सञ्चालन भएको तुर्माखाँद गाउँपालिका स्तरीय अन्तर माध्यामिक बिद्यालयको राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता उदघाटन गर्दै खेल क्षेत्रको बिस्तारका लागी गाउँपालिकाले आगामी दिनहरुमा खेल र खेलाडीहरुको संरक्षणका लागी बजेटको अभाव हुन नदिने गरि कार्यपालिकाले काम गर्ने बताए ।

प्रतियोगितामा सहभागी भएका खेलाडीहरुलाई सान्तवना प्रदान गर्दै उहाँले अनुशासित भएर विचलीत नभई खेलमा सहभागि हुन अपिल गर्नु भयो । अन्तर माबि खेलकुद प्रतियोगितामा छनौट भई जिल्ला स्तरीय प्रतियोगितामा भाग लिन शुभकामना दिँदै उहाँले प्रदेश हुँदै राष्ट्रिय स्तरको खेलकुद प्रतियोगितामा सहभागि हुनेगरि खेलहरु खेल्न खेलाडीहरुलाई आग्रह गरे ।
वडा नम्बर ४ का वडा अध्यक्ष पदमबहादुर बिसीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा विशिष्ट अतिथि तुर्माखाँद गाउँपालिका उपाध्यक्ष बिमला शाही, पुर्व गाउँपालिका उपाध्यक्ष अमृता बुढा, प्रमुख प्रशासकीय अधिकृत लाेकबहादुर शाही लगाएतका अतिथिहरुकाे सहभागीता थियाे । छनाैट खेल माघ २१ गतेसम्म सञ्चालन हुनेछ ।
