वैद्यनाथ क्षेत्रले विश्वमै विशिष्ठ पहिचान वोकेको छ : पूर्व राज्यमन्त्री शाह

वैद्यनाथ क्षेत्र विकास संस्थाको १० औं साधारण सभाको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । वैद्यनाथ क्षेत्र विकास संस्थाका अध्यक्ष नेत्र बहादुर कुँवरका अध्यक्षतमा भएको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि पूर्व सुचना तथा सञ्चार राज्यमन्त्री गोविन्द शाह रहनुभएको थियो ।

Samajik New Add 2082

उद्घाटन कार्यक्रममा वोल्दै पूर्व सुचना तथा सञ्चार राज्यमन्त्री शाहले वैद्यनाथ क्षेत्रको विश्वमै विशिष्ठ पहिचान रहेको बताउनुभयो । उहाँले आफूले विश्वका धेरै धार्मिक मठ मन्दिरको अवलोकन गरेको बताउदै वैद्यनाथ क्षेत्रको जस्तो धार्मिक तथा ऐतिहासिक महत्वको दृष्टिकोट अन्य ठाउँमा नरहेको पाएको दावि गर्नुभयो । उहाँले धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको वैद्यनाथ क्षेत्रको विकासका लागि सरकारको लगानि आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रमका विशिष्ठ अतिथि साँफेबगर नगरपालिकाका प्रमुख राजेन्द्र कुँवरले वैद्यनाथ क्षेत्रको धार्मिक तथा ऐतिहासिक महत्वलाई उजागर गर्नको लागि गुरुयोजना निर्माण गर्न गरिएको बताउनुभयो । उहाँले वैद्यनाथ क्षेत्रमा वुढीगंगा नदीले गर्दै आएको कटान नियन्त्रण तथा भौतिक पूर्वाधारको निर्माण गरेर वैद्यनाथ क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउनको लागि पहल सुरु भएको बताउनुभयो ।

चौरपाटी गाउँपालिकाका अध्यक्ष भीम साउदले वैद्यनाथ धामको धार्मिक तथा ऐतिहासिक महत्वको प्रवद्र्धनको गाउँपालिकाबाट सहयोग हुने बताउनुभयो ।

साँफेबगर नगरपालिकाका निवर्तमान प्रमुख कुलबहादुर कुँवरले वैद्यनाथ क्षेत्रको नदीको जलाधार क्षेत्रको जलाधार विकास, सभागृह, पिरघर, वृदाश्रम, किरिया पुत्रीघर, घुम्ती सडक, पूजापाठको लागि टहरा, धर्मशाला, पर्यटकको लागि आवास, जग्गाको संरक्षण लगायतका पूर्वाधार विकासको लागि गुरु योजना तयार भईसेकको बताउनुभयो ।

साधारण सभामा वैद्यनाथ क्षेत्र विकास संस्थाका अध्यक्ष नेत्र बहादुर कुँवरले चार वर्षिय कार्यकालमा भएका प्रगतिको वारेमा जानकारी दिनुभएको थियो ।

साधारण सभालाई जिल्ला समन्वय समितिका सदस्य नरेन्द्र कुँवर, सम्पूर्ण वडाका तर्फबाट साँफेबगर नगरपालिका प्रवक्ता एवम वडा नं.५ का अध्यक्ष मक्कर कुँवर, चौरपाटी गाउँपालिका वडा नं.५ लुग्राका अध्यक्ष हिउकर्ण खड्का, वैद्यनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष खड्क खड्का, समाजसेवि रुपा आउजी लगायतले वोल्नुभएको थियो ।

वैद्यनाथ क्षेत्र विकास संस्थाका सदस्य तपेन्द्र कुँवरले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चाल सदस्य सचिव देवराज उपाध्याले गर्नुभएको थियो । वैद्यनाथ क्षेत्र विकास संस्थाकाले नयाँ नेतृत्व चयन गर्नेछ ।

Leave A Reply

Your email address will not be published.