मालिका सामुदायीक सिकाई केन्द्रको अध्यक्षमा होम साउद चयन

Kirci Gyan Kendra

मालिका सामुदायीक सिकाई केन्द्र मंगलसेन नगरपालिका १ को भेला नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । केन्द्रका अध्यक्ष चन्द्र बहादुर थापाको अध्यक्षतामा भएको भेलाले होम बहादुर साउदको अध्यक्षतामा ९ सदस्यीय नयाँ समिति सर्वसम्मत चयन गरेको हो ।

Samajik New Add 2082

समितिको उपाध्यक्षमा मनिराम थापा,  सचिवमा गणेश बहादुर थापा, सह सचिवमा लक्षीराम जैगडी, कोषाध्यक्षमा हंश कुमारी थापा (राना) लाई चयन गरिएको छ । नव निर्वाचित समिति मार्फत सिकाई केन्द्रलाई थप प्रभावकारी बनाउने र कार्यालय व्यवस्थापन तथा अन्य व्यवस्थापनलाई चुस्त दुरुस्त वनाउने विषयमा छलफल गरिएको छ । साथै सामुदायीक सिकाई केन्द्र मार्फत वडामा विभिन्न सिकाई क्रियाकलाप तथा कार्यक्रम सञ्चालनका लागि सम्वन्धित निकायमा पहल गर्ने निर्णय गरिएको छ ।

Saud Agro Kailash

भेला पश्चात नव निर्वाचित समितिको बैठकले निवर्तमान अध्यक्ष चन्द्र बहादुर थापाको अध्यक्षततामा ३ सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । जसको सदस्यमा गोपाल थापा र टेक बहादुर थापा रहेका छन ।

भेलामा सामुदायीक सिकाई केन्द्रका पदाधिकारी तथा सदस्यहरु, आजिवन सदस्यहरु र साधारण सदस्य तथा अन्य सरोकारवालाको उपस्थिति रहेको थियो ।

 

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.