एकदिवसीय क्रिकेट : नेपाल वरियतामा तीन स्थानमाथि उक्लियो

काठमाडौं । नेपालले एक दिवसीय क्रिकेट (ओडीआई) अन्तर्राष्ट्रिय वरियतामा तीन स्थान सुधार गरेको छ।

Samajik New Add 2082

आईसीसी क्रिकेट विश्वकप लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेको नेपालले वरियतामा तीन स्थान सुधार गर्दै १६औँ स्थानमा आइपुगेको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीले मंगलवार राती सार्वजनिक गरेको वरीयतामा तीन स्थानमा माथि उक्लिएको नेपालले नामिबिया, अमेरिका, यूएई र पपुवान्युगिनीलाई पछि पारेको छ ।

जसअनुसार नेपालभन्दा पछि नामिबिया १७ औँ, अमेरिका १८औँ, यूएई १९औँ र पपुवा न्युगिनी २०औँ स्थानमा छन् भने लिग टूको दोस्रो स्थानमा रहेको ओमान नेपालभन्दा एक स्थान माथि अर्थात् १५ औँ स्थानमा छ।

नयाँ ओडिआई वरियतामा भारत शीर्ष स्थानमा छ भने अष्ट्रेलिया दोस्रो स्थानमा छ।

Leave A Reply

Your email address will not be published.