दार्चुलाका ८६८ बालबालिकामा कुपोषण

धनगढी:

दार्चुलाका ८६८ बालबालिकामा कुपोषण देखिएको छ। जिल्लामा दुई महिनाको अवधिमा ८ सय ६८ जना बालबालिका कुपोषित भेटिएका स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ।

स्वास्थ्य कार्यालयले जिल्लाभरीका स्वास्थ्य संस्थामार्फत पोषणको उचाई अनुसार तौल मापन (जेडस्कोर) अभियान चलाएको थियो। अभियानमा सो संख्यामा कुपोषित बालबालिका भेटिएका हुन्। १ सय ६७ जना बालबालिकामा शिघ्र कडा खालको कुपोषण देखिएको स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताए। जसमध्ये ७७ बालक र ९० जना बालिका रहेका छन्।
मध्यम खालको शिघ्र कुपोषण भएका बालबालिकाको संख्या भने ७०१ जना रहेको छ। पोषणको उचाई अनुसार तौल मापन अभियानमा ५ वर्ष मुनिका ८ हजार ९६४ बालबालिकाको परिक्षण गरिएको बताइएको छ।
-dineshkhabar

