सुदूरपश्चिमका व्यवसायीले पेट्रोलियम पदार्थ बुझेपछि आपूर्ति सहज

Kirci Gyan Kendra

२ साउन, धनगढी । सुदूरपश्चिमका व्यवसायीहरुले नेपाल आयल निगमबाट पेट्रोलियम पदार्थ उठाएपछि आपूर्ति सहज भएको छ ।

Samajik New Add 2082

गत शुक्रबार निगमबाट लगिएको पेट्रोलियम पदार्थ स्टक राख्दै व्यवसायीहरुले पेट्रोल पम्प बन्द गर्दै तीन दिनदेखि थप माग नगर्दै कृत्रिम अभाव सिर्जना गरेपछि आपुर्ति अवरुद्ध भएको थियो तर मंगलबार भने व्यवसायीहरुले निगमबाट पेट्रोलियम पदार्थ उठाएर पम्पबाट बिक्रि वितरण गर्न थालेका हुन् ।

Saud Agro Kailash

नेपाल आयल निगम धनगढीका प्रादेशिक प्रमुख मोहनकुमार शाहले मंगलबार कैलालीसहित प्रदेशमा ९ जिल्लाका विभिन्न डिलरहरुमा दुई लाख ४० हजार लिटर पेट्रोल र दुई लाख ८४ हजार लिटर डिजल पठाइएको जानकारी दिए । निगमले बजारमा इन्धन पठाएसँगै आपुर्ति सहज भएको छ ।

तर तीन दिनदेखि व्यवसायीहरुले पेट्रोलियम पदार्थको बिक्रि वितरण बन्द गरेका कारण पेट्रोल पम्पहरुमा उपभोक्ताहरुको भीडभाड बढेको छ । प्रदेशको अस्थायी राजधानी धनगढीसहितका क्षेत्रका पम्पहघछचरुले मंगलबार साँझदेखि पेट्रोलियम पदार्थ बिक्रि गरिरहेकाले भीडभाड बढेको छ ।

यसअघि व्यवसायीहरुले भारतमा पेट्रोलियम पदार्थको मूूल्य घट्ने कारण देखाउँदै आयल निगमसँग थप माग नगरेर पम्पमा ताला लगाएपछि आपूर्ति ठप्प भएको थियो ।

-onlinekhabar

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.