सोविता गौतमले जितिन् प्रभावशाली युवा राजनीतिज्ञको अन्तर्राष्ट्रिय अवार्ड

काठमाण्डौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले चार देशका युवा राजनीतिज्ञसँगै ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्ड जितेकी छन् ।

Samajik New Add 2082

सांसद गौतमसँगै क्यानडाकी एरिइल्ले कायाबागा, अस्ट्रेलियाकी अयोर मकुर चुओट र न्युजिल्यान्डका मोको तेपानिया र बेल्जियमका स्यामुअल कोगोलातीले अवार्ड जितेको आयोजक वन योङ वर्ल्डले जनाएको छ ।

वन योङ वर्ल्ड युवा नेतृत्व सशक्तीकरण र विकासका लागि स्थापित बेलायती संस्था हो। अवार्डका लागि सोवितासँगै विभिन्न देशका १५ सांसद, मेयरलगायत सर्टलिस्टमा समेटिएका थिए। संस्थाले सर्टलिस्टमा समावेशमध्ये पाँच जनालाई अवार्ड दिँदै आएको छ ।

सोविता गौतम नेपालकी सबैभन्दा कान्छी सांसद र रास्वपाको संस्थापक सदस्यको रूपमा सर्ट लिस्टमा छनोट भएकी थिइन ।

संस्थाले नेतृ गौतमलाई आफ्नो भाषण सामाजिक सञ्जालमा अत्यधिक रुचाइएसँगै राजनीति उदाएकी पात्रको भएको चित्रण गरेको छ। संस्थाले हरेक वर्ष १८ देखि ३५ वर्ष उमेर समूहका प्रभावशाली राजनीतिज्ञलाई यस्तो अवार्ड दिने गरेको छ ।

Leave A Reply

Your email address will not be published.