नेकपा एमालेको सुदूरपश्चिम प्रथम अधिवेशन आज, अध्यक्ष ओलीद्वारा उद्घाटन हुने

को–को छन् अध्यक्षका आकाङ्क्षी ?

धनगढी । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश प्रथम अधिवेशन आज हुने भएको छ । एक कार्यक्रमका बिच पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट उद्घाटन हुने कार्यक्रम रहेको छ ।

Samajik New Add 2082

कार्यक्रममा अध्यक्ष ओलीसँगै पार्टीका महासचिव शङ्कर पोखरेल, सचिव लेखराज भट्ट, प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य तथा सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारी, स्थायी कमिटी सदस्य तथा खेलकुद विभाग प्रमुख कर्णबहादुर थापालगायतको उपस्थिति रहने भएको छ ।

अधिवेशनमा ६७५ जना प्रतिनिधि सहभागी रहने पार्टीका सुदूरपश्चिम अध्यक्ष दामोदर भण्डारीले जानकारी दिए । नौ वटा जिल्लामध्ये सबैभन्दा बढी प्रतिनिधि बाजुराका रहेका छन् । पार्टी प्रदेश अध्यक्ष भण्डारीका अनुसार बाजुराबाट २८ महिला, ५९ पुरुष र ४१ दलित गरी एक सय २८, कैलालीमा २७ महिला, ७० पुरुष र २० दलित गरी एक सय १७ जना प्रतिनिधि रहेका छन् ।

यस्तै, कञ्चनपुरबाट १७ महिला, ३७ पुरुष र नौ दलित गरी ६३, बैतडीबाट १९ महिला, ३३ पुरुष र १६ दलित गरी ६८, दार्चुलाबाट १९ महिला, २८ पुरुष र छ दलित गरी ५३, अछामबाट १२ महिला, ३४ पुरुष र आठ दलित गरी ५४ जना प्रतिनिधि रहेका छन् ।

बझाङबाट १३ महिला, २६ पुरुष र नौ दलित गरी ४८, डोटीबाट ११ महिला, २३ पुरुष र सात दलित गरी ४१, डडेलधुराबाट पाँच महिला, १२ पुरुष र एक दलित गरी १८ जना प्रतिनिधि रहेका छन् भने जनसङ्गठनबाट २५ महिला, ४३ पुरुष र सात दलित गरी ७५ जना प्रतिनिधि रहने छन् ।

पार्टीको मजदुर विशेष इलाका कमिटीबाट एक महिला, चार पुरुष गरी पाँच जना प्रतिनिधि रहेका छन् । बुद्धिजीवी विशेष इलाका कमिटीबाट एक महिला र चार पुरुष गरी पाँच जना प्रतिनिधि रहने जनाइएको छ ।

को–को छन् अध्यक्षका आकाङ्क्षी ?

सुदूरपश्चिम प्रदेशको अधिवेशनमा नेतृत्वका लागि तीन जना आकाङ्क्षी देखिएका छन् ।

एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य तथा युवा सङ्घ नेपालका पूर्व अध्यक्ष वचनबहादुर सिंह, अछामका कमल तिमिल्सेना र कृष्णप्रसाद जैसी नेतृत्वको लागि अकांक्षी देखिएका हुन् ।

अध्यक्ष पदका उम्मेदवार तिमिल्सेना २०४४ सालदेखि अनेरास्ववियु, तत्कालीन प्रजातान्त्रिक युवा सङ्घको केन्द्रीय सचिवालय हुँदै एमालेको जिल्ला कमिटी सदस्य र एमालेको जिल्ला अध्यक्ष अञ्चल कमिटी सदस्य हुँदै उनी प्रदेशका उपाध्यक्ष बनेका हुन् ।

आकाङ्क्षी देखिएका जैसी अछाम जिल्ला विकास समितिको सभापति, पार्टीको गाउँ कमिटी हुँदै पार्टीको जिल्ला कमिटी उपसचिव र दुई पटक सचिव भएका छन् ।

-ratopati

Leave A Reply

Your email address will not be published.